नेभिगेशन
मुख्य समाचार

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले देशको नेतृत्व गर्नेबारे सोचेको बताएका छन् । बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा प्रमुख अतिथिको रुपमा पुगेका घिसिङले यस्तो बताएका हुन् । 

सो क्रममा उनले सरकारको मन्त्री पदमा रहेको व्यक्ति पार्टीको घोषणा कार्यक्रममा जानुको कारण पनि खुलाएका छन् । उनले जुनसुकै पार्टीले पनि घोषणा सभाको प्रमुख अतिथि बनाएका आफू सहभागी उनले बताए । उनले भने, ‘अरु कुनै पनि पार्टीले प्रमुख अतिथि बनाएर बोलाए म सहभागी हुन्छु ।’ 

CG

उनले करिब ७/८ महिना सरकारसँग झगडा भएको उल्लेख गर्दै ४ महिनाको कार्यकार बाँकी हुँदा नै निस्कनुपरेको उल्लेख गरे । सोही झगडाको कारण उपहारमा मन्त्री पद पाएको समेत उनले बताए । ‘४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ । त्यसले मलाई मन्त्रीको रुपमा स्थापित गरायो । यो पनि मलाई अवसर नै भयो ।’ 

सोही क्रममा उनले आफूलाई देशको नेतृत्व गर्नुपर्ने बारे लागेको बताए । उनले भने, ‘‘अब कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ ।’ 

उक्त कार्यक्रममा उज्यालो नेपाल पार्टीमा आफ्नो संलग्नताबारे खुलस्त कुरा गरेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले  पहिला ब्याटिङ गर्दैछ ।
ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुनेः अर्थमन्त्री खनाल

ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुनेः अर्थमन्त्री खनाल

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरुले आयोजना कटौतिका बिषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरुमा बजेट...
देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । बुधबार बिहानसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन ।