नेभिगेशन
मुख्य समाचार

१८ वर्षमै उम्मेदवार बन्न पाउने व्यवस्था गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न र चुनिन पाउने थप कानून व्यवस्थाको सुनिश्चितता लगाएतका माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर बिभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो । प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहि रुपमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार, भ्रष्टाचार छानविन गर्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठन गर्नुपर्ने लगाएतमा माग राखेका छन् ।

CG

त्यस्तै जेनजी जनआन्दोलनको म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिहरूसँगको सम्झौतापत्रमा तत्काल हस्ताक्षर गर्न समेत ध्यानाकर्षण गराइएको प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीले जानकारी दिए ।

त्यसैगरि जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गरि दोषिलाई कारवाही हुनुपर्ने, सहकारी पीडितहरूको पाँच लाखसम्मको बचत रकम तत्काल सरकारले क्षतिपूर्तिस्वरूप उपलब्ध गराउनुपर्ने, मिटरब्याजी र लघुवित्तको ठगी रोक्नुपर्ने तथा आर्थिक मन्दीका कारण समस्यामा परेका साना उद्यमीहरूलाई कालो सूचीबाट हटाउनुपर्ने लगाएतका माग प्रस्तुत गरिएको उनले बताए ।

त्यस्तै प्रलोपाले वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति र भन्सार सुविधामा सरलीकरण तथा विदेश पढ्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर को प्रक्रिया झन्झटरहित बनाउनुपर्ने, किसानहरुलाई उत्पादनका आधारमा अनुदान उपलव्ध गराउनुपर्ने लगाएतका माग अघि सारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन सरकारले देखायो अग्रसरता

बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन सरकारले देखायो अग्रसरता

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम पनि प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइने...
भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छः मन्त्री घिसिङ

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छः मन्त्री घिसिङ

उज्यालो नेपाल पार्टीको घोषणासभालाई बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताएका हुन ।
अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

उनले करिब ७÷८ महिना सरकारसँग झगडा भएको उल्लेख गर्दै ४ महिनाको कार्यकार बाँकी हुँदा नै निस्कनुपरेको उल्लेख गरे । सोही झगडाको कारण उपहारमा मन्त्री पद पाएको समेत उनले...
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।