नेभिगेशन
समाज

१८ वर्षमै उम्मेदवार बन्न पाउने व्यवस्था गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न र चुनिन पाउने थप कानून व्यवस्थाको सुनिश्चितता लगाएतका माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर बिभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो । प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहि रुपमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार, भ्रष्टाचार छानविन गर्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठन गर्नुपर्ने लगाएतमा माग राखेका छन् ।

Ncell
Extreme Energy

त्यस्तै जेनजी जनआन्दोलनको म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिहरूसँगको सम्झौतापत्रमा तत्काल हस्ताक्षर गर्न समेत ध्यानाकर्षण गराइएको प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीले जानकारी दिए ।

त्यसैगरि जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गरि दोषिलाई कारवाही हुनुपर्ने, सहकारी पीडितहरूको पाँच लाखसम्मको बचत रकम तत्काल सरकारले क्षतिपूर्तिस्वरूप उपलब्ध गराउनुपर्ने, मिटरब्याजी र लघुवित्तको ठगी रोक्नुपर्ने तथा आर्थिक मन्दीका कारण समस्यामा परेका साना उद्यमीहरूलाई कालो सूचीबाट हटाउनुपर्ने लगाएतका माग प्रस्तुत गरिएको उनले बताए ।

त्यस्तै प्रलोपाले वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति र भन्सार सुविधामा सरलीकरण तथा विदेश पढ्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर को प्रक्रिया झन्झटरहित बनाउनुपर्ने, किसानहरुलाई उत्पादनका आधारमा अनुदान उपलव्ध गराउनुपर्ने लगाएतका माग अघि सारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नारायणघाट–बुटवल सडकमा बाँदरका लागि थप दुई ‘क्यानोपी ब्रिज’ बन्दै

नारायणघाट–बुटवल सडकमा बाँदरका लागि थप दुई ‘क्यानोपी ब्रिज’ बन्दै

नारायणघाट–बुटवल सडकखण्डमा बाँदरलाई सडक वारपार गराउन थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिने भएको छ।