नेभिगेशन
मुख्य समाचार

बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन सरकारले देखायो अग्रसरता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छन् ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम पनि प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

CG

यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उनले ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएकी छन् । यसै विषयमा प्रधानमन्त्री कार्कीले बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका केही पूर्वजनप्रनिधिहरु तथा स्थानीय सरोकारवालासँग पनि छलफल गरेकी थिइन ।

त्यसक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परताप्रति खुसी व्यक्त गर्दै यसलाई केवल विद्युत आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिए ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अन्य अधिकारीहरुको पनि सहभागिता थियो। १ हजार २०० मेगावाटको यस जलविद्युत आयोजनाको लागत २०७९ मा २ खर्ब ५५ अर्ब अनुमान गरिएको थियो। अब यो लागत ४ खर्ब नाघ्ने अनुमान छ।

नेपाल सरकारले जग्गा अधिग्रहण गरी ४२ अर्ब रुपैयाँ स्थानीय जग्गाधनीलाई मुआब्जा पनि दिइसकेको छ। काठमाडौँ, पोखरा र चितवनजस्ता ठूला सहरको बीचमा रहेको यो आयोजना निर्माण सम्पन्न गर्न कम्तीमा ८ वर्ष लाग्ने आकलन छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१८ वर्षमै उम्मेदवार बन्न पाउने व्यवस्था गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

१८ वर्षमै उम्मेदवार बन्न पाउने व्यवस्था गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर बिभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो । प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष...
भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छः मन्त्री घिसिङ

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छः मन्त्री घिसिङ

उज्यालो नेपाल पार्टीको घोषणासभालाई बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताएका हुन ।
अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

उनले करिब ७÷८ महिना सरकारसँग झगडा भएको उल्लेख गर्दै ४ महिनाको कार्यकार बाँकी हुँदा नै निस्कनुपरेको उल्लेख गरे । सोही झगडाको कारण उपहारमा मन्त्री पद पाएको समेत उनले...
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।