नेभिगेशन
मुख्य समाचार

एनपिएलः पोखरा टस जितेर बलिङमा

काठमाडौँ ।  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।
 
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । 

काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली  सहभागी छन् ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किरात समुदायमा उधौली साकेलाको रौनक

किरात समुदायमा उधौली साकेलाको रौनक

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ ।
लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको...
नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा

नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा

किम्वदन्ती अनुसार पाञ्चाल देश ९हालको पनौती० मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती  भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न...