नेभिगेशन
समाज

नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा

भक्तपुर। आज मार्ग शुक्ल पूर्णिमाको दिन, नेवार समुदायले ठूलो चाडको रुपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन् । बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

    “त्यःछिं त्यः, बकछिं त्यः
    लातापाता कुलिचां जुसें त्यः 
    योमरी च्वामु, उकिइ दुने हामु
    बिउम्हः ल्यासे, मबिउम्ह बुरिकुति”  
 

Ncell
Extreme Energy

यसै सन्दर्भमा गाइने गीत हो यो । यमरी पूर्णिमाको दिन साँझ घरघरमा युवायुुवतीले यही गीत गाउँदै यमरी तथा धान, चामल, दामलगायत माग्ने गर्छन् । तिहारमा देउसी÷भैलो खेले जस्तै गरी आज त्यःछिं त्यः बकछिं त्यः खेलेर यमरी माग्दै रमाइलो गर्ने मल्लकालीन प्रचलन लोप हुँदै गएको छ । 

Yomari-Purnima-&-Jyapu-Diwas_-Sidhakura8-1764829647.jpg
नेपाल भाषाको यो गीतमा पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिन, चामल हुनेले चामल दिनु, यमरी हुनेले यमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भाव हुन्छ । लोकलयमा परम्परागत योमरी माग्ने प्रचालन पछिल्ला पुस्ताले अनुसरण गर्न छाडेको संस्कृतिकर्मी सुमन श्रेष्ठले बताउँछन् ।  
  
    “त्यः सिं त्यः बकसिं त्यः
    थाबले यागु यःमरी छग ती यः 
    ब्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
    न्यग ब्यूसा काय् बुई छग ब्यूसा म्ह्याय् बुई
    तालापाता कुलिचां जुसें त्यः
    यःमरी माकु उकी दुने चाकु
    व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी”

संस्कृतिकर्मी श्रेष्ठले मल्लकालीन समयमा नेपाल भाषा उच्च स्थानमा रहेकाले यमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताए । यमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्को समेत पाइने उनको भनाइ छ । 

यमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वको रुपमा यमरी पून्ही मनाउने गर्छन् । आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रुपमा पनि लिने गरिन्छ । धान्य पूर्णिमा अर्थात यमरी पून्हीको अवसरमा दान गरे फलिफाप हुने विश्वास छ । 

Yomari-Purnima-&-Jyapu-Diwas_-Sidhakura14-1764829651.jpg
मल्लकालदेखि यो पर्वमा आजको दिन कुनै पनि चीज दान गर्दा पूण्य प्राप्त हुने विश्वासले यमरी लिने र दिने परम्परा रहेको अर्का संस्कृतिकर्मी श्रीकुमार जोशी बताउँछन् । धान्य पूर्णिमासमेत भएकाले आजको दिन बिहानैदेखि विभिन्न शिवालयहरुमा दर्शन गर्नेको भीड छ । यमरी चढाएर पुजा गर्नेहरुको शिवालयमा भीड लागेको हो ।

यमरी पुन्हीका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुँदपाक, खुवा राखी त्रिकोण आकारमा बनाइ पानीको बाफमा पकाउने गर्छन् । पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ । 

यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । परम्परा अनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा लिइन्छ । 

Yomari-Purnima-&-Jyapu-Diwas_-Sidhakura10-1764829647.jpg
यमरीलाई धानका भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । यस पुन्हीमा नेवारी समुदायले पहिलो धान भित्र्याएको भकारीमा त्यसमध्येकै केही चामलको पिठोमा बनाइएको यमरीबाट देवता पूजा गर्ने चलन भएकाले धान्यपूर्णिमा पनि भन्ने गरिएको हो । 

यमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा समेत लिइन्छ । यमरी खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता छ । यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । 

यमरीको किम्वदन्ती

किम्वदन्ती अनुसार पाञ्चाल देश ९हालको पनौती० मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती  भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुवेरलाई श्रदापुर्वक आफुले तयार पारी राखेको यःमरी खुवाए । 

उनको सत्कार देखी प्रसन्न भइ कुबेरले आफ्नो असली रुप देखाइ यमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यमरी चढाउने विधि बताएर गए । सोही अनुरुप सुचन्द्र दम्पतीले यमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पति वृद्धि भयो र यःमरी खाएका कारण शरीर समेत हृष्टपुस्ट हुन थाल्यो । 

Yomaripunni-1764828786.jpg
त्यही बेलादेखि नेवार समुदायमा यमरी पूर्णिमाको संस्कृति विकास भएको किम्वदन्ती छ । धनसम्पति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा यमरी पूर्णिमाका दिन सबैले यमरीसहित विभिन्न देवीदेवताको पुजा गरी दान गर्ने गर्दछन् । नेवार समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र यमरी दान गर्ने प्रचलन छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।