नेभिगेशन
समाज

शुक्रबारदेखि साफ महिला क्लब च्याम्पियनसिप हुदैं

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिप मंसिर १९ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् ।

Ncell
Extreme Energy

जसमा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन् । सवै क्लवहरुले साफ महिला क्लब च्याम्पियनसिपमा उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रने जनाएका छन् ।

च्याम्पियनसिप अघि बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपालका एपीएफ महिला फुटबल टीमकी कप्तान अनिता बस्नेतले नेपालमा पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुन लागेकोमा उत्साहित रहेको र जितको लक्ष्यका साथ तयारी भएको बताइन ।

त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले आन्तरिक प्रशिक्षण धेरै नभएपनि अन्य खेलहरु धेरै नै खेलेकाले खेलाडीहरु तयार रहेको बताए । त्यस्तै अन्य क्लवका प्रशिक्षक तथा कप्तानहरुले राम्रो तयारी भएकाले राम्रो नजिता आउने जनाए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच र दोश्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै