नेभिगेशन
मुख्य समाचार

एनपिएलः काठमाडौँद्वारा पोखरालाई  १६६ रनको लक्ष्य

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले   पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । 
 
 त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनायो । बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । बेन ६४ र भीम ५५ रनमा आउट भए ।

पोखराका धनन्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले  भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौं प्लेअफमा सुरक्षित हुन चाहन्छ ।
आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमालेले यसअघि चितवनमा सम्पन्न १०आँै राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय...
शुक्रबारदेखि साफ महिला क्लब च्याम्पियनसिप हुदैं

शुक्रबारदेखि साफ महिला क्लब च्याम्पियनसिप हुदैं

मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् ।
'गिरिबन्दु जग्गा' प्रकरणमा पूर्व प्रधानमन्त्री केपी ओली विरुद्ध अख्तियारमा उजुरी

'गिरिबन्दु जग्गा' प्रकरणमा पूर्व प्रधानमन्त्री केपी ओली विरुद्ध अख्तियारमा उजुरी

उजुरीमा ‘गिरिबन्दु टी–स्टेट प्रालि’ सम्बन्धी विवाद, रजिष्ट्री रोक्का तथा मुद्दा प्रक्रियामा हस्तक्षेप गरी मल्होत्राको पक्षमा निर्णय दिलाउन प्रधानमन्त्री ओली तथा सम्बद्ध मन्त्री र सचिवहरूले प्रत्यक्ष भूमिका खेलेको दाबी...