नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आव्हान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन आयोगबाट आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर र आयुक्त सगुनशमशेर राणा उपस्थित रहेका छन् । त्यस्तै, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसीले बैठकमा उपस्थित छन् । त्यस्तै, राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसबाट गगन थापा र पुष्पा भुसाल, नेकपा एमालेका तर्फबाट बैठकमा शंकर पोखरेल र महेश बर्तौला उपस्थित छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोबिता गौतमले बैठकमा सहभागिता जनाएका छन् । राप्रपाका राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालका तर्फबाट प्रकाश अधिकारी, जनमतबाट नरेन्द्र चौधरी बैठकमा उपस्थित छन् । त्यस्तै सरकारका तर्फबाट बैठकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र सुरक्षा निकायका चारवटै अंगका प्रमुख उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, जारी बैठकमा सरकारले फागुन २१ को निर्वाचनको तयारीका विषयमा बृफिङ गर्ने जनाएको छ ।

pm-meeting3-1764936335.jpg

CG

pm-meeting2-1764936335.jpg

PM-meeting1-1764936335.jpg

pm-meeting8-1764936337.jpg

pm-meeting5-1764936336.jpg

pm-meeting4-1764936336.jpg

pm-meeting-1764936335.jpg

pm-meeting9-1764936337.jpg

pm-meeting7-1764936337.jpg

pm-meeting6-1764936337.jpg

pm-meeting10-1764936340.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
साफ महिला क्लब च्याम्पियनसिपः उद्घाटन खेल जारी(तस्बिरहरु)

साफ महिला क्लब च्याम्पियनसिपः उद्घाटन खेल जारी(तस्बिरहरु)

दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगितामा शुक्रबार दुई खेल हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड...
उज्यालो नेपाल पार्टीको घोषणा सभामा सहभागीहरु

उज्यालो नेपाल पार्टीको घोषणा सभामा सहभागीहरु

अहिले पार्टीका सुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झण्डा र अन्य प्रचार सामाग्री सहित फोटो खिच्न व्यस्त छन् । घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान...
काठमाडौँमा सडकका खाल्डाखुल्डी अब तत्काल सुधार हुने, ‘सडक एम्बुलेन्स’ ले यसरी दिन्छ २४ घण्टा सेवा

काठमाडौँमा सडकका खाल्डाखुल्डी अब तत्काल सुधार हुने, ‘सडक एम्बुलेन्स’ ले यसरी दिन्छ २४ घण्टा सेवा

काठमाडौँलाई 'पाइलट प्रोजेक्ट' का रूपमा लिएर सुरु गरिएको यो अभियान सफल भएपछि अन्य सडक डिभिजनहरूमा पनि विस्तार गरिने कार्यालयले जनाएको छ।
तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । गत वर्ष...