नेभिगेशन
समाज

प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आव्हान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन आयोगबाट आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर र आयुक्त सगुनशमशेर राणा उपस्थित रहेका छन् । त्यस्तै, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसीले बैठकमा उपस्थित छन् । त्यस्तै, राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसबाट गगन थापा र पुष्पा भुसाल, नेकपा एमालेका तर्फबाट बैठकमा शंकर पोखरेल र महेश बर्तौला उपस्थित छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोबिता गौतमले बैठकमा सहभागिता जनाएका छन् । राप्रपाका राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालका तर्फबाट प्रकाश अधिकारी, जनमतबाट नरेन्द्र चौधरी बैठकमा उपस्थित छन् । त्यस्तै सरकारका तर्फबाट बैठकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र सुरक्षा निकायका चारवटै अंगका प्रमुख उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, जारी बैठकमा सरकारले फागुन २१ को निर्वाचनको तयारीका विषयमा बृफिङ गर्ने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

pm-meeting3-1764936335.jpg

Ncell
Extreme Energy

pm-meeting2-1764936335.jpg

PM-meeting1-1764936335.jpg

pm-meeting8-1764936337.jpg

pm-meeting5-1764936336.jpg

pm-meeting4-1764936336.jpg

pm-meeting-1764936335.jpg

pm-meeting9-1764936337.jpg

pm-meeting7-1764936337.jpg

pm-meeting6-1764936337.jpg

pm-meeting10-1764936340.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो । तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ ।
बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९०...
श्रावणको पहिलो सोमबार, पशुपतीमा श्रद्धालुहरुको बिहानैदेखि भिड (तस्बिरहरु)

श्रावणको पहिलो सोमबार, पशुपतीमा श्रद्धालुहरुको बिहानैदेखि भिड (तस्बिरहरु)

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरु)

पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरु)

पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।

भर्खरै