नेभिगेशन
मुख्य समाचार

युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन

काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । 

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । 

CG

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटना बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ । 

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ । घटनाका सम्बन्धमा छानबिन गर्न प्रधानमन्त्री सुशिला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
आलु भित्राउँदै पनौतीका किसानहरु

आलु भित्राउँदै पनौतीका किसानहरु

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...

भर्खरै