नेभिगेशन
मुख्य समाचार

बुधबारदेखि नागढुंगा–नौबिसे–मलेखु सडक दैनिक पाँच घण्टा बन्द रहने

काठमाडौँ । नागढुंगा नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे सुरु गरिएको छ ।

मंसिर २४ गते देखि पुस १ गतेसम्म बिहान १०ः३० बजे देखि ३ः३० बजेसम्म सो सडक खण्ड बन्द गरी सडकको स्तरोन्नति गर्ने काम बुधबारदेखि सुरु भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैसँग समन्वयन गरी छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न सडक बन्द गरी काम अगाडी बढाएको हो ।

CG

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सूचना प्रकाशित गरी सडक बन्द गरी काम अगाडी बढाएको हो । सडक विस्तारको कार्य अन्तर्गत त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ।

सोही क्रममा उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखी काम सम्पन्न गरिने सडक विभागले जानकारी दिएको छ । सो सडकखण्ड साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने काम पनि सुरु गरिएको आयोजनाले जानकारी दिएको छ ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिएका छन् भने अत्यावश्यकीय सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण गरी पठाउने काम भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै