नेभिगेशन
समाज

दुई महिनाको अवधिमा सरकारले २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्धा दर्ता गर्योः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समुहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले मुलुकमा सुशासन कायम हुनुपर्ने जनेजी आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका हुन ।

Ncell
Extreme Energy

त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्धा दर्ता समेत भइसकेको उनले बताए । मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियार लगाएतका राज्यका निकायहरुमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरुले स्वतस्फूर्त रुपमा प्रभावकारी ढंगले काम गरेको जिकिर गरे ।

उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सवै तयारी गरिसकेको जानकारी दिए । त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरुमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकाहरु राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।