नेभिगेशन
मुख्य समाचार

दुई महिनाको अवधिमा सरकारले २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्धा दर्ता गर्योः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समुहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले मुलुकमा सुशासन कायम हुनुपर्ने जनेजी आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका हुन ।

CG

त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्धा दर्ता समेत भइसकेको उनले बताए । मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियार लगाएतका राज्यका निकायहरुमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरुले स्वतस्फूर्त रुपमा प्रभावकारी ढंगले काम गरेको जिकिर गरे ।

उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सवै तयारी गरिसकेको जानकारी दिए । त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरुमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकाहरु राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताएका हुन । थाई सेनाले आइतबार...
एमाले पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता छः सचिव गोकर्ण विष्ट

एमाले पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता छः सचिव गोकर्ण विष्ट

एमाले महाधिवेशनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा विष्टले अहिले देश र पार्टीभित्र पनि संकट पैदा भएकाले सामूहिक नेतृत्वका लागि पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका...
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा दुइ हजार ४ सय ६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा दुइ हजार ४ सय ६३ जना प्रनिनिधि सहभागी हुने

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीको...
बुधबारदेखि नागढुंगा–नौबिसे–मलेखु सडक दैनिक पाँच घण्टा बन्द रहने

बुधबारदेखि नागढुंगा–नौबिसे–मलेखु सडक दैनिक पाँच घण्टा बन्द रहने

मंसिर २४ गते देखि पुस १ गतेसम्म बिहान १०ः३० बजे देखि ३ः३० बजेसम्म सो सडक खण्ड बन्द गरी सडकको स्तरोन्नति गर्ने काम बुधबारदेखि सुरु भएको हो । भौतिक...

भर्खरै