नेभिगेशन
समाज

एमाले पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता छः सचिव गोकर्ण विष्ट

काठमाडौँ । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले महाधिवेशनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा विष्टले अहिले देश र पार्टीभित्र पनि संकट पैदा भएकाले सामूहिक नेतृत्वका लागि पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन । उनले ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिए ।

Ncell
Extreme Energy

यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको उनको भनाइ छ । विष्टले लोकतान्त्रीक अभ्यास गर्दा पछि परेका नेताहरुलाई निषेध गर्ने परिपाटीलाई अन्त्य गर्दै सवैलाई समेटेर महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाएर लैजाने जिकिर गरे ।

उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै