नेभिगेशन
मुख्य समाचार

सरकारले यथास्थीतिमा गर्न लागेको निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्नेः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बसेको सरकारले यथास्थीतिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभइ थप संकटमा धकेल्ने बताएका हुन । उनले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

CG

लिङ्देनले जनताको बीचमा चरम अलोकप्रिय सावित भएका कारण केहि दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा व्यक्त गरेका थिए । अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपा मात्रै रहेकाले राप्रपाको काम चूनाव जित्नेमात्रै नभइ देशलाई दिर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी पार्टीको काँधमा आएको उल्लेख गरे ।

आफुले पार्टीको हितबिपरित कुनै पनि काम नगरेको भन्दै उहाले पार्टीभित्र विवाद देखिएजस्तो सन्देश बाहिर जान दिन नहुने बताए । उनले पार्टीभित्रका असहमतिलाई महाधिवेशनमार्फत समाधान गर्न सकिने बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा सहितको राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक र लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए । बैठक बिहीबार सम्पन्न हुने राप्रपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै