नेभिगेशन
समाज

सरकारले यथास्थीतिमा गर्न लागेको निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्नेः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बसेको सरकारले यथास्थीतिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभइ थप संकटमा धकेल्ने बताएका हुन । उनले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

लिङ्देनले जनताको बीचमा चरम अलोकप्रिय सावित भएका कारण केहि दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा व्यक्त गरेका थिए । अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपा मात्रै रहेकाले राप्रपाको काम चूनाव जित्नेमात्रै नभइ देशलाई दिर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी पार्टीको काँधमा आएको उल्लेख गरे ।

आफुले पार्टीको हितबिपरित कुनै पनि काम नगरेको भन्दै उहाले पार्टीभित्र विवाद देखिएजस्तो सन्देश बाहिर जान दिन नहुने बताए । उनले पार्टीभित्रका असहमतिलाई महाधिवेशनमार्फत समाधान गर्न सकिने बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा सहितको राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक र लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए । बैठक बिहीबार सम्पन्न हुने राप्रपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
झ्याप्पझ्याप्प बत्ती जाने समस्या समाधानको लागि मन्त्रीले निर्देशन दिएपछि वितरण प्रणालीको अनुगमनमा प्राधिकरण

झ्याप्पझ्याप्प बत्ती जाने समस्या समाधानको लागि मन्त्रीले निर्देशन दिएपछि वितरण प्रणालीको अनुगमनमा प्राधिकरण

विराटनगरसहित पूर्वी क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने र झ्याप्पझ्याप्प बत्ती जाने समस्याका बारेमा जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न...
ज्येष्ठ नागरिक, रोगबाट पीडित , एकल महिलासहित थप ४८ जना सहकारी पीडितको बचत फिर्ता

ज्येष्ठ नागरिक, रोगबाट पीडित , एकल महिलासहित थप ४८ जना सहकारी पीडितको बचत फिर्ता

समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी...

भर्खरै