नेभिगेशन
मुख्य समाचार

एमालेभित्र रावल र नेपालको जस्तो दृष्टान्त हामीहरुमा लागू हुदैंनः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको नभइ कार्यसम्पादनको शैलीलाई सहि दिशामा फर्काउन र सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न उम्मेदवारी घोषणा गरेको बताएका हुन ।

CG

उनले आफु पार्टी नेतृत्वमा उठ्ने बिषय पार्टीको औपचारिक बैठक र अध्यक्षलाइ समेत जानकारी गराएको बताए । पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने स्पष्ट पारेका थिए । उनले निर्वाचनमा भाग लिइसकेपछि त्यसको परिणामलाई स्वीकार गर्न आफु तयार रहेको भन्दै भीम रावल र माधव नेपालको जस्तो दृष्टान्त आफुहरुमा लागू नहुने जिकिर गरे ।

पोखरेलले महाधिवशेनको हलमा वर्तमान अध्यक्ष केपी ओलीले आफु संरक्षकको भूमिकामा रहेर अरु कसैलाई पार्टीको नेतृत्वमा अघि सारे सहमति हुन सक्ने बताए । तर केपी ओलीले नै अध्यक्षमा दावी कायमै गरे सहमति हुन नसक्ने उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगप्रति केहि असन्तुष्टि रहेपनि आयोगले बोलाउँदा अध्यक्ष केपी ओली बयान दिन जानुपर्ने समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै