नेभिगेशन
समाज

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ बिहीबार विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा  बिहीबार पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् ।

Marvel
Extreme Energy

राष्ट्रसङ्घका अनुसार विश्वको दुई  अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।  पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् ।  द्रुत गतिमा हिमनदी  पग्लिएका छन् ।

विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् । यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् ।

यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ६७ करोड रहेको छ ।...
महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्‍घाटन

महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्‍घाटन

नेपाल र भारतलाई महाकाली नदीमाथि जोड्ने ११० मिटर लामो मोटरेबल पुल सोमबारदेखि सञ्चालनका लागि तयार भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा...
मोदी र बालेनले दिल्लीबाट गरे उद्‍घाटन, अयोध्याबाट जनकपुरका लागि छुट्यो रेल

मोदी र बालेनले दिल्लीबाट गरे उद्‍घाटन, अयोध्याबाट जनकपुरका लागि छुट्यो रेल

भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने सिधा रेल सेवा सोमबारदेखि सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा ‘सरयू–कमला...