नेभिगेशन
समाज

गाउँघरमा परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले कुटानी–पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे ।

Marvel
Extreme Energy

तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्ट बताए । “अहिले पानीघट्टाको चलन हराउँदै गएको छ”, उनले भने, “पहिला टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्टा आउने गर्थे, अहिले यो पुरानो चलन लोपहुँदै गएको छ ।”

पानीघट्टामा कुटानीसिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिल भन्दा सस्तो पर्ने टेम्केमैयुङ–५ मा पानीघट्टा सञ्चालन गर्दै आएका  हरिबहादुर लम्सालले बताए । पछिल्लो समय पानीघट्टा चलाउने प्रचलन लोपहुँदै गएको उनले बताए । आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्टा चलाउँदै आएको उनको भनाइ छ ।

“पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ”, उनले भने,  “आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु ।” उनले पानी प्रशस्त भएको समयमा पानीघट्टाले दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सक्ने  बताए ।

स्थानीयका अनुसार पानीघट्टाले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ । प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरुको भनाइ छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन् । परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ६७ करोड रहेको छ ।...
महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्‍घाटन

महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्‍घाटन

नेपाल र भारतलाई महाकाली नदीमाथि जोड्ने ११० मिटर लामो मोटरेबल पुल सोमबारदेखि सञ्चालनका लागि तयार भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा...
मोदी र बालेनले दिल्लीबाट गरे उद्‍घाटन, अयोध्याबाट जनकपुरका लागि छुट्यो रेल

मोदी र बालेनले दिल्लीबाट गरे उद्‍घाटन, अयोध्याबाट जनकपुरका लागि छुट्यो रेल

भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने सिधा रेल सेवा सोमबारदेखि सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा ‘सरयू–कमला...