नेभिगेशन
समाज

राँगा पाल्ने किसानलाई अनुदान

पर्वत ।  पर्वतको विहादी गाउँपालिकाले व्यावसायिक रुपमा राँगापालन गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ । कृत्रिम गर्भाधान सेवा गाउँगाउँमा विस्तार भए पनि किसान आकर्षित हुन नसकेको भन्दै राँगा पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको हो । प्रजननका लागि राँगा पालेका किसानलाई उक्त अनुदान उपलब्ध गराइने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ग्रामीण क्षेत्रमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी नभएको र किसानले कृत्रिम गर्भाधानभन्दा परम्परागत रुपमा राँगाबाटै भैँसीलाई प्राकृतिक गर्भाधान लगाउने भएकाले राँगा पाल्ने किसानलाई पहिलो पटक अनुदान दिन थालिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा १५ जना किसानलाई अनुदान दिने कार्यक्रम रहेको छ ।

Ncell
Extreme Energy

राँगापालक किसानलाईप्रति राँगा रु १० हजार प्रोत्साहन रकम अनुदान दिइने भएको छ । किसानहरुको हौसलास्वरुप यस वर्षदेखि रु १० हजारबाट कार्यक्रम अघि बढाउन थालिएको हो । आगामी आर्थिक वर्षदेखि यो रकम थप गर्दै लगिने अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकामा छ वडा रहेका छन् । प्रत्येक वडामा दुईदेखि तीन जनासम्म किसानले भैँसीलाई प्रजनन गराउने उद्देश्यले व्यावसायिक रुपमा राँगा पाल्ने गरेका छन् ।

किसानले माग गरेको अवस्थामा जुनसुकै स्थानमा वा किसानको घरगोठमै राँगा लगेर सेवा दिने भएकाले उनीहरुलाई प्रोत्साहनको आवश्यकता देखिएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले लागू गरेको यो कार्यक्रमअन्तर्गत एक वटा प्रजननयोग्य राँगाका लागि प्रति एकलाई रू १० हजार अनुदान उपलब्ध गराइने उल्लेख छ ।

यसका लागि चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिृकत थमनबहादुर रेश्मीले जानकारी दिए । उनका अनुसार अनुदान लिनका लागि राँगा पालकले निवेदन, नागरिकताको प्रतिलिपि र वडाको सिफारिस, फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि, राँगा र प्रजननयोग्य राँगाको फोटो, अन्य सङ्घ/संस्थाबाट यसअघि अनुदान नलिएको घोषणापत्र, अनुदान पाएपछि तीन वर्षसम्म फार्म सञ्चालन गर्ने प्रतिबद्धतापत्रसमेत उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले यस कार्यक्रमले स्थानीय किसानलाई राँगा प्रजनन व्यवसायमा प्रोत्साहित गरी पशुपालन व्यवसायलाई दिगो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ । गाउँपालिकाले यसअघि स्थानीय जातका गाई, दूध उत्पादन गर्ने उन्नत जातका गाईभैँसी पाल्ने किसानलाईसमेत अनुदान उपलब्ध गराउँदै आएको छ । कृषि र पशुपालनलाई बढी प्राथमिकतामा राखेको विहादीले यसवर्ष किसानलाई विभिन्न किसिमका रु चार करोडभन्दा बढी अनुदानमूलक कार्यक्रम राखेको प्रमुख रेश्मीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।