नेभिगेशन
मुख्य समाचार

राँगा पाल्ने किसानलाई अनुदान

पर्वत ।  पर्वतको विहादी गाउँपालिकाले व्यावसायिक रुपमा राँगापालन गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ । कृत्रिम गर्भाधान सेवा गाउँगाउँमा विस्तार भए पनि किसान आकर्षित हुन नसकेको भन्दै राँगा पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको हो । प्रजननका लागि राँगा पालेका किसानलाई उक्त अनुदान उपलब्ध गराइने भएको हो ।

ग्रामीण क्षेत्रमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी नभएको र किसानले कृत्रिम गर्भाधानभन्दा परम्परागत रुपमा राँगाबाटै भैँसीलाई प्राकृतिक गर्भाधान लगाउने भएकाले राँगा पाल्ने किसानलाई पहिलो पटक अनुदान दिन थालिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा १५ जना किसानलाई अनुदान दिने कार्यक्रम रहेको छ ।

CG

राँगापालक किसानलाईप्रति राँगा रु १० हजार प्रोत्साहन रकम अनुदान दिइने भएको छ । किसानहरुको हौसलास्वरुप यस वर्षदेखि रु १० हजारबाट कार्यक्रम अघि बढाउन थालिएको हो । आगामी आर्थिक वर्षदेखि यो रकम थप गर्दै लगिने अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकामा छ वडा रहेका छन् । प्रत्येक वडामा दुईदेखि तीन जनासम्म किसानले भैँसीलाई प्रजनन गराउने उद्देश्यले व्यावसायिक रुपमा राँगा पाल्ने गरेका छन् ।

किसानले माग गरेको अवस्थामा जुनसुकै स्थानमा वा किसानको घरगोठमै राँगा लगेर सेवा दिने भएकाले उनीहरुलाई प्रोत्साहनको आवश्यकता देखिएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले लागू गरेको यो कार्यक्रमअन्तर्गत एक वटा प्रजननयोग्य राँगाका लागि प्रति एकलाई रू १० हजार अनुदान उपलब्ध गराइने उल्लेख छ ।

यसका लागि चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिृकत थमनबहादुर रेश्मीले जानकारी दिए । उनका अनुसार अनुदान लिनका लागि राँगा पालकले निवेदन, नागरिकताको प्रतिलिपि र वडाको सिफारिस, फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि, राँगा र प्रजननयोग्य राँगाको फोटो, अन्य सङ्घ/संस्थाबाट यसअघि अनुदान नलिएको घोषणापत्र, अनुदान पाएपछि तीन वर्षसम्म फार्म सञ्चालन गर्ने प्रतिबद्धतापत्रसमेत उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले यस कार्यक्रमले स्थानीय किसानलाई राँगा प्रजनन व्यवसायमा प्रोत्साहित गरी पशुपालन व्यवसायलाई दिगो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ । गाउँपालिकाले यसअघि स्थानीय जातका गाई, दूध उत्पादन गर्ने उन्नत जातका गाईभैँसी पाल्ने किसानलाईसमेत अनुदान उपलब्ध गराउँदै आएको छ । कृषि र पशुपालनलाई बढी प्राथमिकतामा राखेको विहादीले यसवर्ष किसानलाई विभिन्न किसिमका रु चार करोडभन्दा बढी अनुदानमूलक कार्यक्रम राखेको प्रमुख रेश्मीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै