नेभिगेशन
समाज

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण

चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तरिक्ष यान र एक उपग्रह राखिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रकेट बिहान ९ः०८ बजे प्रक्षेपण भएको र यसले आफ्नो भार सफलतापूर्वक निर्धारित कक्षमा पुर्‍याएको बताइएको छ । ‘डिअर–५’ नामक यो अन्तरिक्ष यान बेइजिङस्थित व्यावसायिक अन्तरिक्ष संस्थाले विकास गरेको हो ।

Marvel
Extreme Energy

यसले  एक वर्षसम्म कक्षमा सञ्चालन गर्न सक्छ र परीक्षणका डेटा पृथ्वीमा पठाउन सक्ने क्षमता राख्छ । डिअर–५मा सेवा र भार मोड्युल रहेको छ र  १.८ घनमिटरको भण्डारण स्थान उपलब्ध छ ।

यस यात्रामा विश्वविद्यालय, अनुसन्धान संस्था र कम्पनीका ३४ प्रयोगहरू राखिएका छन् । यी प्रयोगहरू भारहीनता अनुसन्धान, अन्तरिक्ष प्रविधि, अन्तरिक्ष पदार्थ विज्ञान र नयाँ प्रविधिको परीक्षणसँग सम्बन्धित छन् ।

यो यान बेलनाकार आकारको छ र माथि तिर सानो भएको छ । यसमा दुई पातला सौर्य प्यानल छन् । साथै, यसमा दृश्य क्यामेरा, अन्तरिक्ष वातावरण मापन यन्त्र, अन्तरिक्ष बोटबिरुवा वृद्धि सुविधा, सानो अन्तरिक्ष प्रयोगशाला र लचिलो बन्द कम्पार्टमेन्ट जस्ता उपकरणहरू राखिएका छन् ।

यसैगरी, यस यात्रामा सिवाङ–५ दोस्रो चरण उपग्रह पनि प्रक्षेपण गरिएको छ, जुन चीन अन्तरिक्ष प्रविधि प्रतिष्ठान द्वारा विकास गरिएको हो ।क्वाइचोउ–११ ठोस इन्धनयुक्त रकेट हो, जसलाई चीन अन्तरिक्ष विज्ञान तथा उद्योग संस्था ले विकास गरेको हो । यसले ७०० किलोमिटर सूर्य–समानान्तर कक्षमा एक टन भार पुर्‍याउन सक्छ । यो क्वाइचोउ–११को चौथो प्रक्षेपण हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।