नेभिगेशन
समाज

कम्बोडिया र थाइल्यान्डबीचको झडप दोस्रो सातामा प्रवेश, २५ जनाको मृत्यु

कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्धविराम गर्ने सहमति भएको बताएपनि थाइ प्रधानमन्त्रीले यसलाई खण्डन गर्दै लडाईँ जारी रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

औपनिवेशिक कालको ८०० किलोमिटर (५०० माइल) लामो सीमामा सीमाङ्कन विवादका कारण जारी द्वन्द्वले लगभग आठ लाख मानिसहरूलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन्।

Ncell
Extreme Energy

“लडाइँ जारी रहेकोमा मलाई दुःख लागेको छ । म यहाँ छ दिनदेखि बस्दै आएको छु,” ६३ वर्षीय सिन लीपले आइतबार कम्बोडियाको सीमावर्ती प्रान्त बेन्तेय मिनचेयस्थित एक उद्धार केन्द्रमा एएफपीसँग बताए । म लडाईँ बन्द होस् भन्ने चाहन्छु,” आफ्नो घर र गाईवस्तुको बारेमा चिन्तित उनले भने ।

आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ जसमा १४ थाई सैनिक र ११ जना कम्बोडियाली नागरिक रहेका छन् । दुवै पक्षले एक–अर्कालाई झडप भड्काएको, सर्वसाधारणमाथि आक्रमण गरेको र आत्मरक्षाको लागि लडिरहेको दाबी गरेका छन् ।

यसअघि युद्धविराम र थपसम्झौताको समर्थन गरेका ट्रम्पले शुक्रबार दक्षिणपूर्वी एसियाली छिमेकीहरू लडाइँ रोक्न सहमत भएको बताएका थिए । थाई नेताहरूले युद्धविरामको कुनै सम्झौता नभएको बताएका छन् र दुवै देशका सरकारले आइतबार बिहान झडप जारी रहेको बताएका छन्।
 

थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसन्त कोङसिरीले कम्बोडियाले शनिबार रातिदेखि कैयौँ सीमावर्ती प्रान्तहरूमा बमबारी गरेको बताए । प्रवक्ता कोङसिरीले कम्बोडियाले कैयौँ सीमावर्ती प्रान्तहरूमा आइतबार पनि बमबारी र गोलाबारी गरेको जानकारी दिए ।

त्यसैगरी, कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचिताले थाइल्यान्डले मध्यरातदेखि नै सीमावर्ती क्षेत्रमा मोर्टार र बम प्रहार जारी राखेको बताएका छन् ।

ट्रम्पको बाचा अनुसार युद्धविरामको सम्झौता पूरा नभएपछि कम्बोडियाले शनिबार थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको छ । कम्बोडियाको बेन्तेय मिन्चेयेमा उद्धार स्थलमा अस्थायी पालमुनि बसिरहेकी एक शरणार्थी चेभ सोकुनले थाइल्यान्डमा रहेका आफ्ना श्रीमान् घर फर्कन चाहेको एएफपीसँग बताए ।

सोकुन र उहाँका छोराले जुलाईमा भएको घातक झडपका क्रममा दशौं हजार अन्य कम्बोडियाली आप्रवासी कामदारहरूसँगै थाइल्यान्ड छोडेका थिए, तर उनकी श्रीमती आफ्नो ‘सहयोगी थाई मालिक’ सँग मालीको रूपमा काम गर्न बसेकी थिइन । 

प्रान्तको सीमापारि ३८ वर्षीय संगीत शिक्षक वट्टानाचाई कामङ्गमले एएफपीसँग भने, “आइतबार बिहानै अँध्यारो आकाशमा कैयौँ रकेट चलेको देखिन्थ्यो ।”

लडाइँकाबीच थाई सेनाले सा काइओ र त्राट प्रान्तका केही भागहरूमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रातभर कफ्र्यु लगाएको छ । संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा युद्धविरामको मध्यस्थता गरेका थिए।

गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गर्नुभएको थियो तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो।

ट्रम्पले गत हप्ता युद्धविरामलाई पुनः सही मार्गमा ल्याउन आफूले ‘केही फोन कल’ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चर्नभिराकुलले शनिबार टेलिफोन गरेर ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताएका थिए । अनुतिनले ट्रम्पले अमेरिका–थाइल्यान्ड व्यापार वार्तालाई सीमा द्वन्द्वसँग जोड्ने कुनै सङ्केत नदेखिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाले रबिलाई दिए धन्यवाद

गगन थापाले रबिलाई दिए धन्यवाद

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई धन्यवाद दिएका छन् ।
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्ष आकिहिकोबीच भेटवार्ता, नेपालमा लगानी गर्न आह्वान

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्ष आकिहिकोबीच भेटवार्ता, नेपालमा लगानी गर्न आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका आकिहिकोबीच भेटवार्ता भएको छ ।
सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सुनसरी घटनाबारे बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।