नेभिगेशन
मुख्य समाचार

मुलुक निर्वाचनमा होमिइसकेको छः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । निर्वाचन आयोगसँग मंगलबार भएको छलफलमा उहाँले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्वमा परिणत हुँदै गएको बताएका हुन ।

मन्त्री खरेलले भने, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल  सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।”

CG

निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उनले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख गरेका थिए । उनले भने, “निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा हुनुहुन्छ । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश गराएको विषय आफैँमा ऐतिहासिक रह्यो”,। 

सबै प्राविधिक, कानुनी र अरु प्रक्रियागत विषयसँगै राजनीतिक विषय पनि त्यतिकै महत्त्वपूर्ण रहेको बताउँदै उहाँले आयोगले उठाएका विषयलाई आत्मसात् गर्दै सरकारले कानुनमन्त्रीको संयोजकत्वमा संवादका लागि समिति गठन गरेको जानकारी दिए । मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्न र मतदाता शिक्षा जनतासम्म पुर्‍याउनका लागि आयोगसँग हातेमालो गरेर अगाडि बढ्न मन्त्रालय तयार रहेको बताए ।

गलत सूचना र समाचारको प्रभाव रोक्न प्रेस काउन्सिल नेपाल र मन्त्रालय मातहतका निकायमा सोहीअनुसारको व्यवस्था गरिएको जानकारी दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर ब्यूरो र प्रेस काउन्सिललाई आग्रह गरिएको बताए । उनले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गरिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...
एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बस्न थालेपनि मतदान भने केहीबेरमा सुरु हुने जनाइएको छ । केहीबेरमा मतदान हुँदैछ। महाधिवेशनमा देशभरबाट २२ सय ६२ जना प्रतिनिधि सहभागी छन्।
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन । उनले भने, “हामी अहिले जनताको...