नेभिगेशन
समाज

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

काठमाडाैँ । लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म र जनताको जीवनस्तरसँग जोडिएको मुद्दालाई उनले संसदबाट सधैँ जोडदार रुपमा उठाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

जनयुद्धदेखि मूलधारको राजनीतिसम्मको यात्रामा पछिल्लो समय माओवादी आन्दोलन फितलो बन्दै गएको छ । तर, जहाँ राजन दाहाल उभिन्छन् त्यहाँ माओवादी फितलो भयो भन्ने नसुनिने दाहाललाई सङ्गत गरेकाहरू बताउँछन् । 

सिङ्गो एमालेसँग भिड्न माओवादीको एक्लो लडाकुका रुपमा पनि दाहालको परिचय छ। राजनीतिको मञ्च देखि लडाइँको मैदानसम्म सबै कलाका लागि दाहाल चिनिन्छन् । त्यसो त सिन्धुलीका जनतासामु उनी लोकप्रिय र विकासप्रेमी नेताको रुपमा पनि चिनिन्छन् ।

दाहालले जवानी त्याग गरेको माओवादी आन्दोलन भलै जेन-जी आन्दोलनपछि माओवादी विघटन भएको छ । हाल  १८ वटा नयाँ कम्युनिष्ट घटक एक भएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ र उनी यसैको नेता हुन् ।

संसदमा हुँदा दाहाल देशको भ्रष्टाचार र अनियमितता जाँच गर्ने सार्वभौम संसदको शक्तिशाली सार्वजनिक लेखा समितिको सदस्य थिए । उक्त समितिको पनि अनियमितताका उजुरी छनोट गर्ने महत्वपूर्ण भूमिकामा दाहाल थिए । 

दाहाल सदस्य रहेको समितिले पछिल्लो साढे २ वर्षमा ५१ वटा ठूला भ्रष्टाचार र अनियमितताको उजुरी अध्ययन गरेको दाहाल बताउँछन् । आफ्नो लेखा समितिको अनुभवले नेपालमा भ्रष्टाचार एउटा महारोगको रुपमा आफूले पाएको उनले सुनाए ।

‘भ्रष्टाचार नहुने ठाउँ र भ्रष्टाचार नगर्ने मानिस नै मुलुकमा नरहेको भन्दै दाहाल भन्छन् ‘अब त भ्रष्टाचार पनि लाख र करोडमा छोडेर अरबमा पुगेको पाएँ ।’ संसदको सार्वजनिक लेखा समितिमा पोखरा अन्तराष्ट्रिय विमानस्थल  र भैरहवा विमानस्थल लगायतका चर्चित भ्रष्टाचार मुद्दाको गहन अध्ययन गरेका उनै दाहाललाई हामीले सिधाकुरा पड काष्टमा निम्त्याएका छौँ ।

गत साता मात्रै पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री, १० बढी सचिवसहितका ५५ व्यक्ति र एक कम्पनी विरुद्ध ८ अर्ब ३७ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गर्यो ।

तर, संसदीय समितिमा सो प्रकरणको अनुसन्धान गरेका दाहाल अख्तियारको उक्त अभियोजनबाट सन्तुष्ट छैनन् । उनले त्यो भ्रष्टाचार मुद्दामा अख्तियारले गहिरो अध्ययन र अनुसन्धान नगरेको उनको ठम्याइ छ ।  

समितिबाट ७ दिनभित्र कारबाही गर्न दिएको निर्देशनको महिनौँपछि सो मुद्दा अदालत लगिएको र ठूला संलग्नलाई बचाइएको तथा मुद्दा अपूर्ण रहेको दाहालको जिकिर छ । आउनुहोस् उनै दाहाललाई यसबारे बिस्तृतमा हेरौँ सुनौँ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।
ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले मङ्गलबार 'डट्स' (dots) नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) असिस्टेन्ट सार्वजनिक गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

दिल्ली उच्च अदालतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यता (डिग्री) सम्बन्धी जानकारी मागिएका पुनरावेदनमाथिको सुनुवाइ आगामी डिसेम्बरसम्मका लागि स्थगित गरेको छ।
मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ पर्यटक मनाङमै रोकिएका छन्।