नेभिगेशन
मुख्य समाचार

नयाँ नेतृत्व चयनका लागि एमालेमा मतदान सुरु, ओली र पोखरेलले गरे पहिलो मतदान

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट ।
मतदानका लागि बिहानैदेखि प्रतिनिधिहरु लाइनमा बसेका छन् । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ । 
रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

CG

नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् भने केहिले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवेशनः मध्याह्न १२ बजेसम्म करिब ४ सय प्रतिनिधिले गरे मतदान

एमाले महाधिवेशनः मध्याह्न १२ बजेसम्म करिब ४ सय प्रतिनिधिले गरे मतदान

बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब ४०० मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार एमालेको १९...
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँः मन्त्री घिसिङ

टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँः मन्त्री घिसिङ

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ पानी पठाउन भारतीय पक्षसँग दुई देशका संयन्त्र एवं द्विपक्षीय भेटमा...
सुनको मूल्य तोलाको दुई लाख ५९ हजार ७ सय

सुनको मूल्य तोलाको दुई लाख ५९ हजार ७ सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु चार हजार ५५...