नेभिगेशन
मुख्य समाचार

टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ पानी पठाउन भारतसँग प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ पानी पठाउन भारतीय पक्षसँग दुई देशका संयन्त्र एवं द्विपक्षीय भेटमा निरन्तर अनुरोध भइरहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

CG

कञ्चनपुरका सुक्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतका तर्फबाट जलप्रवाह गर्ने निर्णय आउने विश्वास व्यक्त गरे । नेपाल–भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउने व्यवस्था रहेको छ ।

सन्धिबमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । करिब नौ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रूपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट पाँच हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । आयोजनाको कुल अनुमानित लागत रु ३५ अर्ब छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवेशनः मध्याह्न १२ बजेसम्म करिब ४ सय प्रतिनिधिले गरे मतदान

एमाले महाधिवेशनः मध्याह्न १२ बजेसम्म करिब ४ सय प्रतिनिधिले गरे मतदान

बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब ४०० मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार एमालेको १९...
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
सुनको मूल्य तोलाको दुई लाख ५९ हजार ७ सय

सुनको मूल्य तोलाको दुई लाख ५९ हजार ७ सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु चार हजार ५५...
नयाँ नेतृत्व चयनका लागि एमालेमा मतदान सुरु, ओली र पोखरेलले गरे पहिलो मतदान

नयाँ नेतृत्व चयनका लागि एमालेमा मतदान सुरु, ओली र पोखरेलले गरे पहिलो मतदान

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट ।...