नेभिगेशन
मुख्य समाचार

जाँचबुझ आयोगद्वारा एक महिना म्याद थप गर्न सरकारसंग आग्रह

काठमाडौँ । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसंग आग्रह गरेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसंग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेको हो ।

CG

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगाएत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यहि पुस ९ गते सकिदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित समारोहमा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानव अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास...
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र  वनस्पतिहरु, सुप्तुलुङ (चुला)लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा  विकसित भएको छ...
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका...