नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो ।

CG

सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे । प्रधानमन्त्री कार्कीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लाग्नुभएकोमा बधाई तथा सफल यात्राको कामना गरे ।

साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिए ।चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवशेनः मतदान जारी, ८०२ द्वारा मतदान

एमाले महाधिवशेनः मतदान जारी, ८०२ द्वारा मतदान

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी...
संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला

संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला

बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले...
राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित समारोहमा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानव अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र  वनस्पतिहरु, सुप्तुलुङ (चुला)लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा  विकसित भएको छ...