नेभिगेशन
समाज

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जलवायु परिवर्तन र विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीलाई सामना गर्न संयुक्त राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित समारोहमा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानव अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

प्रधानमन्त्री कार्कीले विश्व शान्ति कायम गर्न र नेपाली जनताको जीवनस्तर उकास्न संयुक्त राष्ट्रसङ्घले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उनले नेपाल संयुक्त राष्ट्रसङ्घको सशक्त र विश्वसनीय साझेदारका रूपमा निरन्तर रहने प्रतिबद्धता जनाए ।

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेदेखि नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त पालना गर्दै आएको प्रधानमन्त्री कार्कीले स्मरण गराइन ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सैनिक योगदान गर्ने देश नेपाल भएको बताउँदै उहाँले शान्तिपूर्ण विश्वप्रति नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारेकी थिइन ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन समयमै र सफलतापूर्वक सम्पन्न गरिने विश्वास दिलाएकी थिइन । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था उल्लेखनीय रूपमा सुधार भएको उनले जानकारी दिइन ।

साथै उनले सन् २०२६ सम्ममा नेपाल ‘अति कम विकसित मुलुक’ को सूचीबाट स्तरोन्नति हुने विश्वास व्यक्त गर्दै यस उपलब्धिलाई दिगो बनाउन संयुक्त राष्ट्रसङ्घको निरन्तर साझेदारी, लगानी र प्रविधिगत सहयोग आवश्यक रहेको बताइन ।

परस्पर निर्भर विश्वमा बहुपक्षीय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई नेपालले अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास दिलाइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रोकिएका जिल्लाको अधिवेशन गर्दै रास्वपा

रोकिएका जिल्लाको अधिवेशन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाएको छ ।
फ्रि भिसा फ्रि टिकट पुनरावलोकन गर्दै सरकार, अब ठग म्यानपावरलाई कडा सजाय

फ्रि भिसा फ्रि टिकट पुनरावलोकन गर्दै सरकार, अब ठग म्यानपावरलाई कडा सजाय

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन् ।
रास्वपा सांसद पौडेलमाथि गरिएको दुर्व्यवहारको गगन थापाले गरे विरोध

रास्वपा सांसद पौडेलमाथि गरिएको दुर्व्यवहारको गगन थापाले गरे विरोध

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलमाथि गरिएको दुर्व्यवहारको विरोध गरेका छन् ।
आजको मौसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।