नेभिगेशन
मुख्य समाचार

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जलवायु परिवर्तन र विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीलाई सामना गर्न संयुक्त राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित समारोहमा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानव अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।

CG

प्रधानमन्त्री कार्कीले विश्व शान्ति कायम गर्न र नेपाली जनताको जीवनस्तर उकास्न संयुक्त राष्ट्रसङ्घले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उनले नेपाल संयुक्त राष्ट्रसङ्घको सशक्त र विश्वसनीय साझेदारका रूपमा निरन्तर रहने प्रतिबद्धता जनाए ।

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेदेखि नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त पालना गर्दै आएको प्रधानमन्त्री कार्कीले स्मरण गराइन ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सैनिक योगदान गर्ने देश नेपाल भएको बताउँदै उहाँले शान्तिपूर्ण विश्वप्रति नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारेकी थिइन ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन समयमै र सफलतापूर्वक सम्पन्न गरिने विश्वास दिलाएकी थिइन । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था उल्लेखनीय रूपमा सुधार भएको उनले जानकारी दिइन ।

साथै उनले सन् २०२६ सम्ममा नेपाल ‘अति कम विकसित मुलुक’ को सूचीबाट स्तरोन्नति हुने विश्वास व्यक्त गर्दै यस उपलब्धिलाई दिगो बनाउन संयुक्त राष्ट्रसङ्घको निरन्तर साझेदारी, लगानी र प्रविधिगत सहयोग आवश्यक रहेको बताइन ।

परस्पर निर्भर विश्वमा बहुपक्षीय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई नेपालले अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास दिलाइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवशेनः मतदान जारी, ८०२ द्वारा मतदान

एमाले महाधिवशेनः मतदान जारी, ८०२ द्वारा मतदान

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी...
संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला

संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला

बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले...
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास...
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र  वनस्पतिहरु, सुप्तुलुङ (चुला)लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा  विकसित भएको छ...