नेभिगेशन
मुख्य समाचार

एमाले महाधिवशेनः मतदान जारी, ८०२ द्वारा मतदान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ । 

महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिले ५ः०० बजेसम्म ८०२ जनाले मतदान गरिकेकाे एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । 

CG

बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको हो । उनले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गरेकाे बताए । उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ । 

उनले साँझ ८ः०० बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको  छ । 

आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला

संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला

बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले...
राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री कार्की

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित समारोहमा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानव अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास...
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र  वनस्पतिहरु, सुप्तुलुङ (चुला)लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा  विकसित भएको छ...