नेभिगेशन
समाज

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् ।

Ncell
Extreme Energy

परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, मतदान प्रक्रिया, नोटा (नो भोट) मतगणना आदि बारे विषयवस्तु समावेश छन् ।

यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानुन, परिच्छेद छ मा निर्वाचन आचारसंहिताको पालना, अनुगमन र पर्यवेक्षण र परिच्छेद सातमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकार तथा निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषय उल्लेख छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सांसदमाथि पौडेलमाथि गरिएको दुर्व्यवहारको गगन थापाले गरे विरोध

रास्वपा सांसदमाथि पौडेलमाथि गरिएको दुर्व्यवहारको गगन थापाले गरे विरोध

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलमाथि गरिएको दुर्व्यवहारको विरोध गरेका छन् ।
आजको मौसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

नेकपा एमालेले कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्न नेकपासँग मिल्नुपरेको जिकिर गरेको छ ।
फेरि स्वर्गनर्कको यात्रामा ओली–प्रचण्ड

फेरि स्वर्गनर्कको यात्रामा ओली–प्रचण्ड

क्याप्टेन रामेश्वर थापाको घरमा नेपाली कांग्रेससँग ७ बुँदे सहमति गरेर भोलिपल्ट बिहानै बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भन्दै थिए– किन सुर्ता...