नेभिगेशन
समाज

एमाले महाधिवेशनः मतदान सम्पन्न, दुई हजार २२७ जनाले गरे मतदान ३६ प्रतिनिधि अनुपस्थित

काठमाडौँ । काठमाडौँमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहानदेखि जारी मतदान कार्यक्रम आज बिहान केहिबेर पहिले सकिएको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।

Ncell
Extreme Energy

मंगलबारदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम विविध प्राविधिक समस्याका कारण एक दिन ढिलो गरी सुरु भएको थियो । मतदान कार्यक्रममा सहभागि दुई हजार दुई सय ६३ जना प्रतिनिधि छनोट गरिएको भएपनि दुई हजार दुई सय २७ जनाले मात्र मतदानमा सहभागीता जनाउदा ३६ जना भने अनुपस्थित रहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेलका दुई छुटाछुटै प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् । बिहीबार बिहान ११ बजे सम्ममा पत परिणाम सार्वजनिक गर्ने र विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र र शपथग्रहणको पनि आजै गराईने जनाइएको छ ।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी  परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।