नेभिगेशन
मुख्य समाचार

एमाले महाधिवेशनः मतदान सम्पन्न, दुई हजार २२७ जनाले गरे मतदान ३६ प्रतिनिधि अनुपस्थित

काठमाडौँ । काठमाडौँमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहानदेखि जारी मतदान कार्यक्रम आज बिहान केहिबेर पहिले सकिएको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।

CG

मंगलबारदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम विविध प्राविधिक समस्याका कारण एक दिन ढिलो गरी सुरु भएको थियो । मतदान कार्यक्रममा सहभागि दुई हजार दुई सय ६३ जना प्रतिनिधि छनोट गरिएको भएपनि दुई हजार दुई सय २७ जनाले मात्र मतदानमा सहभागीता जनाउदा ३६ जना भने अनुपस्थित रहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेलका दुई छुटाछुटै प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् । बिहीबार बिहान ११ बजे सम्ममा पत परिणाम सार्वजनिक गर्ने र विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र र शपथग्रहणको पनि आजै गराईने जनाइएको छ ।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी  परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

उनका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
यस्तो बन्यो एमालेको पदाधिकारी टीम

यस्तो बन्यो एमालेको पदाधिकारी टीम

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । अ‍ेलीले १६ सय ६३ मत...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

अ‍ेलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले भने ५ सय ६४ मत प्राप्त गरेका छन् ।