नेभिगेशन
समाज

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

बागलुङ । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् ।

उनी नागरिकताबाट बन्चीत हुनु परेको विषयमा विभिन्न समाचार माध्यमले समाचार प्रकाशित गरेपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो ।

CG

नाम र जन्म स्थान टुङ्गो नलागेका उनी गाउँघरमा  ‘धान्द्रुके बाजे’ उपनामले परिचित थिए । उनले नागरिकता प्राप्त गरेसंगै पहिलो पटक रु आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन थिए । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित समेत थिए ।

नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।

खड्काले भने, “सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आएका तर बोल्न नसक्ने भएकाले उनलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिनुभयो” ।

बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तरार्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...
रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रास्वपा सभापति रवि लामिछाने रिहा गर्ने आदेश भए लगत्तै ललितपुरस्थित नख्खु कारागार परिसरमा रास्वपा कार्यकर्ताको भिड लागेको छ ।
एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष...