नेभिगेशन
मुख्य समाचार

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । 

‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् । 

CG

परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, प्रक्रिया ९मतदान प्रक्रिया, नोटा ९नो भोट० मतगणना आदि० बारे विषयवस्तु समावेश छन् । 

यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानुन, परिच्छेद छमा निर्वाचन आचारसंहिताको पालना, अनुगमन र पर्यवेक्षण र परिच्छेद सातमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकार तथा निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषय उल्लेख छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

उनका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
यस्तो बन्यो एमालेको पदाधिकारी टीम

यस्तो बन्यो एमालेको पदाधिकारी टीम

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । अ‍ेलीले १६ सय ६३ मत...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

अ‍ेलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले भने ५ सय ६४ मत प्राप्त गरेका छन् ।