नेभिगेशन
मुख्य समाचार

नेकपा एमाले ११ औं महाधिवेशनः भित्र मतगणना सुरु, बाहिर मतपरिणाम कुर्दै कार्यकर्ता

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। भित्र मतगणना चल्दै गर्दा बाहिर उम्मेदवार तथा कार्यकर्ताहरु नतिजाको पर्खाइमा छन् । 

काठमाडौँको भृकुटीमण्डपमा बुधबार सुरु भएको मतदान  २२ घण्टापछि आज बिहान ७ बजे मात्रै सकिएको थियो । 

CG

एमाले निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि रहेकामा २ हजार २ सय २७ मत मात्रै खसेको छ। ३६ जना मतदाता भने मतदानमा सहभागी भएका छैनन् । 

एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित हुन नसकेका हुन्।

एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। 

दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।

umll-1766032829.png

uml7-1766032825.png

uml6-1766032823.png

uml5-1766032822.png

uml2-1766032820.png

uml4-1766032820.png

uml1-1766032818.png

uml-1766032818.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

उनका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
यस्तो बन्यो एमालेको पदाधिकारी टीम

यस्तो बन्यो एमालेको पदाधिकारी टीम

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । अ‍ेलीले १६ सय ६३ मत...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

अ‍ेलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले भने ५ सय ६४ मत प्राप्त गरेका छन् ।