नेभिगेशन
समाज

नेकपा एमाले ११ औं महाधिवेशनः भित्र मतगणना सुरु, बाहिर मतपरिणाम कुर्दै कार्यकर्ता

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। भित्र मतगणना चल्दै गर्दा बाहिर उम्मेदवार तथा कार्यकर्ताहरु नतिजाको पर्खाइमा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको भृकुटीमण्डपमा बुधबार सुरु भएको मतदान  २२ घण्टापछि आज बिहान ७ बजे मात्रै सकिएको थियो । 

Ncell
Extreme Energy

एमाले निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि रहेकामा २ हजार २ सय २७ मत मात्रै खसेको छ। ३६ जना मतदाता भने मतदानमा सहभागी भएका छैनन् । 

एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित हुन नसकेका हुन्।

एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। 

दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।

umll-1766032829.png

uml7-1766032825.png

uml6-1766032823.png

uml5-1766032822.png

uml2-1766032820.png

uml4-1766032820.png

uml1-1766032818.png

uml-1766032818.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

नेपालले विद्युत व्यापारमा रेकर्ड कायम गरेपछि सरकार उत्पादन थप बढाउने गृहकार्यमा लागेको छ ।
ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।
रोकिएका जिल्लाको अधिवेशन गर्दै रास्वपा

रोकिएका जिल्लाको अधिवेशन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाएको छ ।
फ्रि भिसा फ्रि टिकट पुनरावलोकन गर्दै सरकार, अब ठग म्यानपावरलाई कडा सजाय

फ्रि भिसा फ्रि टिकट पुनरावलोकन गर्दै सरकार, अब ठग म्यानपावरलाई कडा सजाय

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन् ।