नेभिगेशन
समाज

रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्।
आदेशपछि डा.भट्टराईले रविलाई धरौटीमा रिहा गर्ने आदेश विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रविबारे आफूले गत वर्षदेखि पटक पटक उठाउँदै आएको कुरा अदालतबाट भएको उल्लेख गर्दै उनले भनेका छन् ,‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ।’

Ncell
Extreme Energy

साथै उनले गत वर्ष पोखरामा हिरासतमा रहेका रविलाई भेटेर निस्किएपछि मिडियामा दिएको अभिव्यक्ती शेयर गर्दै उनले भनेका छन् , लोकतन्त्रको सौन्दर्य यही हो। सबैले आत्मसात् गरौँ। तथ्यबाट सत्य खोजौँ। कुनै उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलागौँ।’

बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरूबीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्युजन हो भन्ने भुल्न नहुने उनको भनाइ छ।

‘प्रतिस्पर्धा गर्दा दुस्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौँ’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।