नेभिगेशन
मुख्य समाचार

रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्।
आदेशपछि डा.भट्टराईले रविलाई धरौटीमा रिहा गर्ने आदेश विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको बताएका हुन् । 

रविबारे आफूले गत वर्षदेखि पटक पटक उठाउँदै आएको कुरा अदालतबाट भएको उल्लेख गर्दै उनले भनेका छन् ,‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ।’

CG

साथै उनले गत वर्ष पोखरामा हिरासतमा रहेका रविलाई भेटेर निस्किएपछि मिडियामा दिएको अभिव्यक्ती शेयर गर्दै उनले भनेका छन् , लोकतन्त्रको सौन्दर्य यही हो। सबैले आत्मसात् गरौँ। तथ्यबाट सत्य खोजौँ। कुनै उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलागौँ।’

बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरूबीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्युजन हो भन्ने भुल्न नहुने उनको भनाइ छ।

‘प्रतिस्पर्धा गर्दा दुस्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौँ’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न ३ सय ५२ जनाको आवेदन, कुन प्रदेशबाट कोको छन् ? (सूचिसहित)

रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न ३ सय ५२ जनाको आवेदन, कुन प्रदेशबाट कोको छन् ? (सूचिसहित)

पुस ३ गते सार्वजनिक भएको आकांक्षीहरुको सूचिमा कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१ जना,बागमती प्रदेशबाट ९४ जना,  गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना, कर्णालीबाट २० जना र सुदूरपश्चिमबाट...
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न...
रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आईपीओको सन्दर्भमा उठेका प्रश्नबारे  छानबिन गर्न निर्देशन दिँदै बोर्डलाई पत्राचार गरिएको अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव टङ्कप्रसाद पाण्डेयले सिधाकुरालाई बताए । ‘ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्राचार...