नेभिगेशन
समाज

एमालेको महाधिवेशनपछिको पहिलो बैठकमा केपी ओलीले के भने ?

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् । 
शुक्रबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसंगै प्यानल वा गुटउपगुटका बिषय अन्त्य भईसकेको भन्दै सवैलाई समेटेर पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पार्टीभित्रका असन्तुष्टि पार्टीका बैठकमा राख्न निर्देशन दिदै सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देश समेत दिए ।

Ncell
Extreme Energy

अध्यक्ष ओलीले पार्टी अध्यक्षबिरुद्ध पटक पटक हमला हुने गरेको भन्दै नेतृत्वप्रति अनास्था जगाउनका लागि पार्टी एकतामा खलल पु¥याउन उचाल्नेहरु कुराहरुमा प्रभावित नहुने आग्रह गरे । उनले एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला नक्कली आवरणको पार्टी नभएको भन्दै साँचो कम्युनिष्ट पार्टी भएको बताए ।

देश अप्ठेरो अवस्थामा परेका बेला एमाले बाहेक अन्य कुनै दल बोल्न नसकेको उनको भनाइ छ । उनले जेनजी आन्दोलनका क्रममा सुनियोजित रुपमा भयानक षडयन्त्र भएको र देशलाई नै शताव्दी पर ढकेल्ने काम भएको बताए । 

ओलीले देशमा लोकतन्त्र फर्काउने कामको नेतृत्व एमालेले गर्नुपर्ने बताए । केन्द्रीय कमिटीको प्रथम पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पुस २६, २७ र २८ गते बस्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।