नेभिगेशन
समाज

जेनजी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारको सम्मान

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले घाइते भएका चार जना पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।

Ncell
Extreme Energy

सम्मान कार्यक्रममा मन्त्री खरेलले जेनजी आन्दोलनमा समाचार संकलन गर्ने क्रममा घाइते भएका पत्रकारलाई राज्यले न्याय गर्ने बताए । आफु सदैव सञ्चारकर्मीको साथमा रहेको भन्दै उहाले घाइते पत्रकारहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता जनाए । 

मन्त्री खरेलले घाइते पत्रकारहरु रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरुलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए । सो क्रममा घाइते पत्रकारहरुले आफुहरुलाई बिभेद नगर्न सरकारसंग आग्रह गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।