नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारको सम्मान

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले घाइते भएका चार जना पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।

CG

सम्मान कार्यक्रममा मन्त्री खरेलले जेनजी आन्दोलनमा समाचार संकलन गर्ने क्रममा घाइते भएका पत्रकारलाई राज्यले न्याय गर्ने बताए । आफु सदैव सञ्चारकर्मीको साथमा रहेको भन्दै उहाले घाइते पत्रकारहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता जनाए । 

मन्त्री खरेलले घाइते पत्रकारहरु रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरुलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए । सो क्रममा घाइते पत्रकारहरुले आफुहरुलाई बिभेद नगर्न सरकारसंग आग्रह गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका छन् ।
रवि लामिछाने रिहा

रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछी थुनामा रहेको लामिछानेलाई रुपन्देही लगिको थियो । केहि बेर अघि जिल्ला अदालत...
रुपन्देही जिल्ला अदालत पुगे लामिछाने, केही बेरमा रिहा हुँदै

रुपन्देही जिल्ला अदालत पुगे लामिछाने, केही बेरमा रिहा हुँदै

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि लामिछानेलाई रिहाका लागि कानुनी प्रक्रिया पूरा गर्न...