नेभिगेशन
सबै कुरा

एमालेको सङ्कल्प यात्रा पोखरामा

सिधाकुरा : नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेर सो अभियानको पोखरामा सुरु गरेका हुन् ।

Ncell
Extreme Energy

यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् । 

अमरसिंहचोकमा गण्डकी प्रदशेसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गरे। पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सङ्कल्प यात्रामा छन् । 

पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए।

एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो । कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो । 

सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका थिए। उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...