नेभिगेशन
समाज
अन्तर्वार्ताः

रवि-बालेन सहमतिको भित्री रहस्य

काठमाडौँ । आइतबार बिहानै संसारभर रहेका नेपालीहरुलाई खुसीको सञ्चार गर्ने रवि बालेन एकतामा सहमतिको खबर बाहिरीयो । देखिनेगरी एक साताको छलफल र शनिबार  रातभरीको बैठकपछि आइतबार बिहान ४ बजेर १५ मिनेटमा रवि र बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे समझदारीमा हस्ताक्षर भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछानेलाई मानेर रास्वपाकै नीति र नेतृत्वमा बालेन संसदीय निर्वाचनमा सहभागी हुने र संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने सम्झौतामा उल्लेख छ । भदौ २३ र २४ को जेनजी आन्दोलनको स्वामित्व ग्रहण गर्दै सम्झौताले बालेन, जेनजी र उसका प्रतिनिधिलाई पार्टीमा ग्रहण गरेको रास्वपाले जनाएको छ । 

Ncell
Extreme Energy

लामो रस्साकस्सी नेपाली राजनीतिमा बढ्न सक्ने संक्रमणकालको संसयबीच निर्वाचनको माहोल तातिएको छ भने रवि बालेन मिलनको सकारात्मक सञ्चार शेयर बजार देखि जनमानससम्म फैलिएको छ। 

यही अवस्था बीच यो सहमतिको भित्री कसरतको पाटोमा निर्णायक  काम गरेका रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेलाई सिधाकुराले यो सहमतिको राजनीतिक अर्थ के हो भनी प्रश्न गरेको थियो । जवाफमा नेता वाग्लेले रास्वपा र बालेनको एकता सहमतिलाई नेपाली राजनीतिमा निरन्तरताको क्रमभंगता गरेर नयाँ सुरुवातका लागि कोषेढुंगा भएको बताए । 

रास्वपामा बालेनको प्रवेश प्रक्रियाको भित्री कुरा, पार्टीमा बालेन र उनको समूह एवम् जेनजीका प्रतिनिधिको व्यवस्थापन, आसन्न निर्वाचन र रास्वपाको सम्भावित चुनावी परिणाम लगायतका धेरै विषयमा सिधाकुराले डा.वाग्लेसँग प्रश्नोत्तर गरेको छ । डा.वाग्लेसँग सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुंगानाले गरेको संवाद यहाँ प्रस्तुत गरेका छौँ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...