नेभिगेशन
समाज

सरकारमा पुग्यो रास्वपा !

काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार साँझ एकताको सम्झौता भयो । कमलपोखरीस्थित जी २१ स्टुडियो  कार्यालयमा भएको सहमति पछि उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ भने उक्त पार्टीका परिकल्पनाकार एवम् संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुलमानले उपाध्यक्ष पद पाएसँगै उनको उज्यालो नेपाल पार्टीका १८ जना सदस्यहरूले आसन्न निर्वाचनका लागि समानुपातिक सूचीमा नाम समावेश गरेका छन् । 

Ncell
Extreme Energy

कुलमान घिसिङ अहिलेको निर्वाचन गराउने नागरिक सरकारमा तीन मन्त्रालय हाँकिरहेका मन्त्री हुन् । 

कुलमान उर्जा, सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीको जिम्मेवारीमा छन् । दुई पार्टी बीचको सहमतिले कुलमान रास्वपाको उपसभापति बनेसँगै सुशीला कार्की सरकारमा रास्वपा प्रवेश गरेको छ। 

कानुनका जानकारहरुका अनुसार यो सहमति निर्वाचन आयोगमा अद्यावधिक भएपछि कानुनी मान्यता पाउनेछ । तर,आयोगमा अद्यावधिक अघि नै कुलमानले मन्त्री पदबाट राजीनामा गरे भने अहिलेको सरकारमा रास्वपा छ भन्न नमिल्ने तर्क पनि उनीहरूको छ। 

त्यसो त रास्वपा र उज्यालो नेपाल पार्टीको सहमतिमा सरकार मन्त्री घिसिङसँगै खेलकुद मन्त्री बब्लु गुप्ता पनि सहभागी थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...