नेभिगेशन
समाज

सरकारमा पुग्यो रास्वपा !

काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार साँझ एकताको सम्झौता भयो । कमलपोखरीस्थित जी २१ स्टुडियो  कार्यालयमा भएको सहमति पछि उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ भने उक्त पार्टीका परिकल्पनाकार एवम् संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुलमानले उपाध्यक्ष पद पाएसँगै उनको उज्यालो नेपाल पार्टीका १८ जना सदस्यहरूले आसन्न निर्वाचनका लागि समानुपातिक सूचीमा नाम समावेश गरेका छन् । 

Ncell
Extreme Energy

कुलमान घिसिङ अहिलेको निर्वाचन गराउने नागरिक सरकारमा तीन मन्त्रालय हाँकिरहेका मन्त्री हुन् । 

कुलमान उर्जा, सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीको जिम्मेवारीमा छन् । दुई पार्टी बीचको सहमतिले कुलमान रास्वपाको उपसभापति बनेसँगै सुशीला कार्की सरकारमा रास्वपा प्रवेश गरेको छ। 

कानुनका जानकारहरुका अनुसार यो सहमति निर्वाचन आयोगमा अद्यावधिक भएपछि कानुनी मान्यता पाउनेछ । तर,आयोगमा अद्यावधिक अघि नै कुलमानले मन्त्री पदबाट राजीनामा गरे भने अहिलेको सरकारमा रास्वपा छ भन्न नमिल्ने तर्क पनि उनीहरूको छ। 

त्यसो त रास्वपा र उज्यालो नेपाल पार्टीको सहमतिमा सरकार मन्त्री घिसिङसँगै खेलकुद मन्त्री बब्लु गुप्ता पनि सहभागी थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिकाका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसको बन्दसत्र चार बजेपछि

कांग्रेसको बन्दसत्र चार बजेपछि

वर्षाले प्रभावित कांग्रेस महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउँसो ४ बजेपछि मात्रै सुरु हुने भएको छ ।
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको...
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।