नेभिगेशन
समाज

म्याग्दीको गायत्री मन्दिर  क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ ।

सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दीर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रबिधिको पर्खाल निर्माण सुरु गरेको हो ।

CG

राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाईको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाउन लागिएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिए ।

दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ रुपैयाँ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग रु. एक करोड ४२ लाख ५३ हजार छ सय ४६ मा ठेक्का सम्झौता भएको छ ।

आगामी २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि छ । कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिसकेको छ ।

गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको छ । साधु, सन्तहरु ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तिर्थयात्रीहरुलाई बसोबासको ब्यवस्था मिलाइएको छ ।

यस वर्ष बेनी सहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताए ।

ती योजनाको ठेक्का सम्झौता भइ निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाहरुको कुल लागत अनुमान रु. २० करोड २९ लाख ७६ हजार आठसय ३९ रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति...
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।
वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता होः मन्त्री घिसिङ

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता होः मन्त्री घिसिङ

सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने...
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ¬पुराङ  हुँदै झोङदेखि तेताङ जोड्ने १०...