नेभिगेशन
समाज

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।

नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् ।

CG

विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक रेशम खनालले बताए ।

“बाल विकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई छ बार छ प्रकारका खाना बनाउनका लागि विद्यालयले एकजना भान्से नियुक्त गरेको छ”, उनले भने, “एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाना बनाएर खुवाउन अप्ठ्यारो हुने भएकाले अभिभावकहरुले सहयोग गर्दै आउनुभएको छ ।”

विद्यालयले दिवा खाजाको व्यवस्थापनका लागि अभिभावकको भेला राखेर प्रत्येक दिन तीन जना अभिभावक विद्यालयमा उपस्थित भएर दिवा खाना, खाजा बनाउने निर्णय गरेसँगै अभिभावक नियमित आउने गरेको उनले बताए । विद्यालयले अभिभावकको नामावली सहितको तालिका बनाएर दिवा खाजा बनाउन अभिभावकलाई जानकारी गराउँदै आएको छ ।

बाल विकासदेखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकालाई प्राप्त भएको दिवा खाजाबापतको रकमले खाजा खुवाउन पनि अपुग हुने भएकाले विद्यालयले आन्तरिक व्यवस्थापन गरी अघाउन्जेल खाना, खाजा खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले बताए ।

उनले भने, “आइतबारदेखि शुक्रबारसम्म बालबालिकालाई बारअनुसार फरक फरक खाना, खाजाका परिकार बनाएर खुवाउँछौँ । अभिभावकहरुले आलोपालो विद्यालयमा उपस्थित भएर खाना, खाजा बनाएर सहयोग त गर्नुभएकै छ, त्यसको अलावा मासिक रुपमा रु २०० पनि खाजाबापतको रकम भुक्तानी दिनुहुन्छ ।”

नमूना विद्यालयका रुपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत च्याउ, विभिन्न तरकारी र ड्रागन फ्रुटसमेत लगाएको छ । बाल विकासदेखि कक्षा ६ सम्म दैनिक १८५ बालबालिकाले खाना, खाजा खाने गरेका भान्से सरिता रेग्मीले बताए ।

“कुन बार कुन परिकार बनाउने भन्ने तालिका छ सोही अनुसार छुट्टाछुट्टै बार छुट्टाछुट्टै परिकार पकाउने गर्छौं”, उनले भने, “धेरै जना विद्यार्थी हुँदा खाना बनाउन, खुवाउन समस्या हुने गरेकाले दैनिक तीन/तीन जना आलोपालो गरेर अभिभावक आएर खाजा बनाउने खुवाउने गर्छौं ।”

सो विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । कक्षा ७ देखि १२ सम्मका विद्यार्थीका लागि खाजाका लागि विद्यालय परिसरमै छुट्टै चमेना गृहको व्यवस्था रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

कङ्क्रिटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब तथा प्रतिक्रिया (रेस्पोन्स) मापन गरिन्छ । यसबाट पाइलको वास्तविक भार बहन क्षमता यकिन गरिन्छ ।
खोला भित्रबाटै डाइभर्सन निर्माण गरेर अवरुद्ध बिपी राजमार्ग संचालन

खोला भित्रबाटै डाइभर्सन निर्माण गरेर अवरुद्ध बिपी राजमार्ग संचालन

बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको हो । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम बढ्नुको साथै यात्रुलाई क्षतिग्रस्त खण्ड...
तीन पटक म्याद थप गर्दा समेत धवलागिरी अस्पताल निर्माण कार्य अधुरै

तीन पटक म्याद थप गर्दा समेत धवलागिरी अस्पताल निर्माण कार्य अधुरै

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म...
करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो...