नेभिगेशन
समाज

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार उनले इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट पारेका हुन ।बिहीबार इरानका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको छ ।

Ncell
Extreme Energy

अशान्ति फैलिँदै जाँदा पहिलो चरणमै कम्तीमा छ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएका छन् । राजधानी तेहरानमा आइतबारदेखि पसलहरू बन्द गरेर उच्च मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा गरिएको हडताल अन्य क्षेत्रहरूमा पनि फैलिएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै लेख्नुभएको छ, “यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई गोली हानी हिंसात्मक रूपमा मार्छ, जुन उनीहरूको चलन हो, भने संयुक्त राज्य अमेरिका उनीहरूको उद्धारमा आउनेछ, हामी लक र लोड अवस्थामा छौँ र जान तयार छौँ ।”

इरानको फार्स समाचार एजेन्सीका अनुसार बिहीबार छहरमहल र बख्तियारी प्रान्तको लर्डेगन सहरमा सुरक्षा बल र प्रदर्शनकारीबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । साथै छिमेकी लोरेस्तान प्रान्तको आजना क्षेत्रमा भएका घटनामा थप तीन जनाको ज्यान गएको बताइएको छ ।

यसअघि सरकारी टेलिभिजनले पश्चिमी सहर कौहदास्टमा रातभर भएको विरोध प्रदर्शनका क्रममा इरानको सुरक्षा बलका एक सदस्यको मृत्यु भएको जानकारी दिएको थियो । यी घटनाले देशभर फैलँदै गएको असन्तोष र सुरक्षा चुनौतीलाई झन् गहिरो बनाएको विश्लेषण गरिएको छ ।

हालका प्रदर्शनहरू सन् २०२२ मा देखिएको ठूलो जनआन्दोलनको तुलनामा सानो मानिए पनि अवस्था संवेदनशील बनेको छ । सन् २०२२ मा महिलामाथि लागू कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी आक्रोश फैलिएको थियो ।

त्यस आन्दोलनका क्रममा दर्जनौँ सुरक्षा बलका सदस्यसहित सयौँ मानिसले ज्यान गुमाएका थिए, जसले इरानको आन्तरिक राजनीतिक र सामाजिक अवस्थालाई गहिरो रूपमा प्रभावित गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...

भर्खरै