नेभिगेशन
मुख्य समाचार

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष केन्द्रीय महाधिवेशन आव्हान गरेका छन् । 

उनीहरुलेआज संयुक्त विज्ञप्तिमार्फत कांग्रेसको विधानअनुसारको व्यवस्था उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले दर्ता गराई यही पुस २७ र २८ गते तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गरेका छन्।

CG

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय भएको विज्ञप्तिमा उल्लेख छ  ।  

केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर आफूहरुले अधिकतम प्रयास गरेको तर केन्द्रीय कार्यसमितिबाट त्यो सम्भव हुन नसकेको उनीहरुको भनाइ छ ।

“बहुमत महाधिवेशन प्रतिनिधिहरुद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ । पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिकोतर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो”, विज्ञप्तिमा भनिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मसात् गर्दै कांग्रेसको विधानको धारा १७ (२) अनुसार यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । 

साथै उनीहरुले विशेष महाधिवेशन ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ हो, भन्दै आफूहरु पार्टीमा नयाँ ऊर्जा भर्न दृढ सङ्कल्पित रहेको उल्लेख गरेका छन् । जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरु कटिबद्ध एवं प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला भनेको छु, सभापति पुस २७ गतेको कार्यक्रममा सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ ।...
काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दाको मिसिलसहित नौ वटा कागजात झिकाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले यस मुद्दालाई शिघ्र टुंग्याउनुपर्ने...
रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए ।