नेभिगेशन
समाज

कुलमानको महत्वकाङ्क्षी बार्गेनिङले भाँडियो रास्वपा-उज्यालो नेपाल एकता

काठमाडौँ ।अन्ततः रास्वपा र उज्यालो नेपाल पार्टी बीचको एकता समझदारी कुलमान घिसिङको महत्वकाङ्क्षी मागका कारण भाँडिएको छ । रास्वपा उच्च स्रोतले उज्यालो नेपाल पार्टीसँग भएको समझदारी भाँडिएको सिधाकुरालाई पुष्टि गर्यो । ‘हामीले अधिकतम लचकता अपनाएकै हौँ तर उहाँहरूको माग पार्टीले धान्न सक्ने भएन जसका कारण एकताको समझदारी सकियो,’ उच्च स्रोतले सिधाकुरासँग भन्यो, ‘पार्टी, देखि निर्वाचन प्रक्रियामा उहाँहरूको माग रास्वपाले पूरा गर्न नसक्ने भएपछि हामीले सर भन्यौँ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुस १४ गते राति रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय बीच एकताको समझदारी भएको थियो । जसको साक्षीका रुपमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ समेत साक्षीका रुपमा रहेका थिए। 

Ncell
Extreme Energy

रास्वपाका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङबिचको सहकार्य टुटेको जानकारी दिए। उनले भने, “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ ।'

उज्यालाे नेपाल पार्टीसँग एकता टुटेसँगै सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक डाकिएकाे र बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।