नेभिगेशन
समाज

कुलमानको महत्वकाङ्क्षी बार्गेनिङले भाँडियो रास्वपा-उज्यालो नेपाल एकता

काठमाडौँ ।अन्ततः रास्वपा र उज्यालो नेपाल पार्टी बीचको एकता समझदारी कुलमान घिसिङको महत्वकाङ्क्षी मागका कारण भाँडिएको छ । रास्वपा उच्च स्रोतले उज्यालो नेपाल पार्टीसँग भएको समझदारी भाँडिएको सिधाकुरालाई पुष्टि गर्यो । ‘हामीले अधिकतम लचकता अपनाएकै हौँ तर उहाँहरूको माग पार्टीले धान्न सक्ने भएन जसका कारण एकताको समझदारी सकियो,’ उच्च स्रोतले सिधाकुरासँग भन्यो, ‘पार्टी, देखि निर्वाचन प्रक्रियामा उहाँहरूको माग रास्वपाले पूरा गर्न नसक्ने भएपछि हामीले सर भन्यौँ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुस १४ गते राति रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय बीच एकताको समझदारी भएको थियो । जसको साक्षीका रुपमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ समेत साक्षीका रुपमा रहेका थिए। 

Ncell
Extreme Energy

रास्वपाका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङबिचको सहकार्य टुटेको जानकारी दिए। उनले भने, “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ ।'

उज्यालाे नेपाल पार्टीसँग एकता टुटेसँगै सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक डाकिएकाे र बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै