नेभिगेशन
समाज

रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

काठमाडौँ । रास्वपासँगको सहमति भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका कुलमान घिसिङले रास्वपासँग आफूले ठूलो पद नमागेको बताएका छन् । उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफू रास्वपाको साधारण सदस्य भएर बस्न तयार रहेको बताएका छन् । उनले अन्तिम चरणमा आफूले एक प्रस्ताव गरेपनि सहमति टिक्न नसेकेको बताए । 
 
‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ । म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’ उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले रास्वपासँगको सहमतिपछिको १२ दिन आफू र उज्यालो नेपाल पार्टीका सदस्यहरुका लागि निकै पीडादायक भएको बताए । ‘वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो ।’ 

Ncell
Extreme Energy

घिसिङले एकताका समयमा रास्वपासंग भएको सहमति कार्यान्वयन नभएकाले एकताबाट अलग हुने निर्णय गरिएको बताए । त्यस्तै रास्वपाले पनि एकतर्फी रुपमा सहमति भङ्ग भएको घोषणा गरेकै कारण आफुहरु एक्लै अघि बढ्ने निर्णयमा पुगेको घिसिङले बताए । 

अब पार्टीलाई समावेशी रुपमा देशव्यापी बनाइने र चिम चूनाव चिन्हबाट निर्वाचनमा होमिने उल्लेख गरे । घिसिङले समानुपातीकका बिषयका व्यवस्थापन भइरहेको भन्दै व्यवस्थापन हुन नसके प्रत्यक्षमा मात्रै भएपनि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर निर्वाचनमा जाने उद्घोष गरे । 

बैठकमा उज्यालो नेपाल पार्टीका अनुपकुमार उपाध्यायले निजी कारण देखाउदै राजीनामा दिएका थिए भने उपाध्यायले राजीनामा दिएपछि उज्यालो नेपालले कुलमान घिसिङलाई अध्यक्ष पदमा चयन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।