नेभिगेशन
मुख्य समाचार

रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

काठमाडौँ । रास्वपासँगको सहमति भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका कुलमान घिसिङले रास्वपासँग आफूले ठूलो पद नमागेको बताएका छन् । उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफू रास्वपाको साधारण सदस्य भएर बस्न तयार रहेको बताएका छन् । उनले अन्तिम चरणमा आफूले एक प्रस्ताव गरेपनि सहमति टिक्न नसेकेको बताए । 
 
‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ । म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’ उनले भने । 

उनले रास्वपासँगको सहमतिपछिको १२ दिन आफू र उज्यालो नेपाल पार्टीका सदस्यहरुका लागि निकै पीडादायक भएको बताए । ‘वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो ।’ 

CG

घिसिङले एकताका समयमा रास्वपासंग भएको सहमति कार्यान्वयन नभएकाले एकताबाट अलग हुने निर्णय गरिएको बताए । त्यस्तै रास्वपाले पनि एकतर्फी रुपमा सहमति भङ्ग भएको घोषणा गरेकै कारण आफुहरु एक्लै अघि बढ्ने निर्णयमा पुगेको घिसिङले बताए । 

अब पार्टीलाई समावेशी रुपमा देशव्यापी बनाइने र चिम चूनाव चिन्हबाट निर्वाचनमा होमिने उल्लेख गरे । घिसिङले समानुपातीकका बिषयका व्यवस्थापन भइरहेको भन्दै व्यवस्थापन हुन नसके प्रत्यक्षमा मात्रै भएपनि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर निर्वाचनमा जाने उद्घोष गरे । 

बैठकमा उज्यालो नेपाल पार्टीका अनुपकुमार उपाध्यायले निजी कारण देखाउदै राजीनामा दिएका थिए भने उपाध्यायले राजीनामा दिएपछि उज्यालो नेपालले कुलमान घिसिङलाई अध्यक्ष पदमा चयन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्चवदस्थद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण (तस्बिरहरु)

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्चवदस्थद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण (तस्बिरहरु)

सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

“दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट...
कांग्रेस विशेष महाधिवेशन आजदेखि, पार्टी संगठन झन बलियो हुने महामन्त्रीद्वयको दावी

कांग्रेस विशेष महाधिवेशन आजदेखि, पार्टी संगठन झन बलियो हुने महामन्त्रीद्वयको दावी

यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा,...
पृथ्वी जयन्तीमा राष्ट्रपति पौडेलको शुभकामना सन्देशः राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ

पृथ्वी जयन्तीमा राष्ट्रपति पौडेलको शुभकामना सन्देशः राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएकोे शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारेका छन्...

भर्खरै