नेभिगेशन
समाज

राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

चितवन । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद् को केन्द्रीय सदस्य पदमा भरतपुर–१०, चितवन निवासी तारा न्यौपाने नियुक्त भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार चार वर्षे कार्यकालका लागि परिषद्को केन्द्रीय सदस्यमा मनोनयन गरिएका न्यौपानेले युवा तथा खेलकुद मन्त्री बाब्लु गुप्ताबाट औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन् ।

Ncell
Extreme Energy

न्यौपाने दृष्टिविहीन छन् । शारीरिक सीमाभन्दा माथि उठ्दै उनी बग्राउन अधिवक्ता, सञ्चारकर्मी तथा समाजसेवीका रूपमा स्थापित नाम छन् । उनी हाल Welfare Social Service Center का अध्यक्ष समेत रहेका छन् । 

Welfare Social Service Center मार्फत उनले दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, युवाहरू, विपन्न तथा सीमान्तकृत समुदायको हकहित, सामाजिक न्याय, चेतना अभिवृद्धि र सेवामूलक अभियानमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 

दृष्टिविहीन व्यक्तिको प्रतिनिधित्व गर्दै राष्ट्रिय युवा परिषद् जस्तो नीति निर्माणसँग जोडिएको निकायमा तारा न्यौपानेको नियुक्तिलाई समावेशी शासन, समान अवसर र युवाको सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।