नेभिगेशन
समाज

पृथ्वी जयन्तीमा राष्ट्रपति पौडेलको शुभकामना सन्देशः राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएकोे शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारेका छन् । 

Ncell
Extreme Energy

राष्ट्रपति पौडेलले भनेका छन्, “पृथ्वीनारायण शाहलाई सम्झँदा उनले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उनको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।”

राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि उहाँका दिव्योपदेश मार्गदर्शन लिन सकिने बताएका छन् । 

उनले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको उल्लेख गरेका छन् । 

राष्ट्रपति पौडेलले यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको स्पष्ट पारेका छन् । 

उनले भनेका छन्, “राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएका छन् ।
डाक्टरहरुले अब के गर्छन् ?

डाक्टरहरुले अब के गर्छन् ?

वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका चिकित्सकहरुले भोलिदेखि कस्तो आन्दोलन गर्ने भनेर छलफल थालेका छन् ।
लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडितहरुले आमरण अनशन सुरु गरिरहँदा सहकारी पीडितहरुले पनि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउँदै गएका छन् ।