नेभिगेशन
सबै कुरा

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले सङ्घीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ । यसका लागि समेत तपाईँ–हाम्रो संयुक्त पहल जरूरी छ”, प्रधानमन्त्री दाहालले भने । उनले सङ्घर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे ।

Ncell
Extreme Energy

उनले भने, ‘‘सङ्घीयताका निम्ति सबैभन्दा बढी लडेको माओवादी पार्टी नै हो । सङ्घीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ । सङ्घीय कानुन समयमै निर्माण गर्न निरन्तर पहल गरिरहेको छु ।” प्रधानमन्त्री दाहालले आ–आफ्नो पार्टीमा पनि सङ्घीयता कार्यान्वयनका लागि पहल बढाउन आग्रह गरे । 

छलफलमा मधेस सरकारका प्रतिनिधिले संविधानमा व्यवस्था बमोजिमका सङ्घीय कानुन निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा उनीहरुले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई आग्रह गरिएकामा सो अवधि पूरा भएकाले सङ्घर्षमा जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...