नेभिगेशन
समाज

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले जनाएका छन् । इन्टरनेट र फोन सेवा अवरुद्ध गरिएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरका सडकहरू प्रदर्शनकारीले भरिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ । इरानले इन्टरनेट पूर्ण रूपमा बन्द गरेपछि घटनाको वास्तविक विवरण सङ्कलन गर्न कठिन भएको छ । नेटब्लक्सजस्ता अनुगमन संस्थाहरूले बिहीबारदेखि देशमा झन्डै कुनै पनि इन्टरनेट कनेक्टिभिटी नदेखिएको बताएका छन् ।

Extreme Energy
citizen life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन भए ‘ठूलो समस्या’ हुने बताएका छन् । सामाजिक सञ्जालमा उनले ‘इरानका जनता अहिले स्वतन्त्रता पाउने निकै नजिक पुगेका छन्, यस्तो अवस्था पहिले कहिल्यै आएको थिएन, यदि आवश्यक पर्‍यो भने अमेरिका उनीहरूलाई सहयोग गर्न तयार छ’ भन्दै अमेरिका सहयोग गर्न तयार रहेको उल्लेख गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य कारबाहीका विकल्पबारे जानकारी दिइएको भए पनि अन्तिम निर्णय भएको छैन । इन्टरनेट अवरोधका बीच पनि सामाजिक सञ्जाल र विदेशस्थित फारसी भाषी टेलिभिजनमार्फत बाहिरिएका भिडियोहरूमा उत्तरी तेहरानको पुनाक क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएको देखिन्छ । उनीहरूले मोबाइल फोनको उज्यालो बाल्दै नारा लगाएका छन्, भाँडाकुँडा बजाएका छन् र कतिपय स्थानमा आतशबाजी गरिएको छ । अन्य दृश्यहरूमा मानिसहरू शान्तिपूर्ण रूपमा सडकमा मार्च गरिरहेका छन् भने कतै कारहरूले समर्थनमा हर्न बजाएका छन् ।

इरानको दोस्रो ठूलो सहर मशहदमा सुरक्षा बल र प्रदर्शनकारीबीच आमनेसामने भएको दृश्यहरू देखिएका छन् । सडकमा जलिरहेको भग्नावशेष र डम्पस्टरले बाटो अवरुद्ध गरिएको छ । मशहद शिया इस्लामको पवित्र इमाम रेजा दरगाह रहेको सहर भएकाले त्यहाँको विरोध प्रदर्शनलाई इस्लामिक गणतन्त्रका लागि विशेष संवेदनशील मानिएको छ । दक्षिणपूर्वी सहर केरमान, उत्तरको तब्रिज, पवित्र सहर कोम र पश्चिमी हामेदानमा पनि ठूला प्रदर्शनहरू भएको रिपोर्ट आएका छन् ।

इरानी राज्य टेलिभिजनले भने आइतबार धेरै सहरका शान्त क्षेत्र देखाउने प्रयास गरेको छ र सरकार समर्थक जुलुसहरू प्रसारण गरेको छ । तर तेहरान र मशहदका दृश्यहरू समेटिएका छैनन् । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले शुक्रबार एक कडा भाषणमा प्रदर्शनलाई बाह्य शक्तिद्वारा उक्साइएको भन्दै अमेरिकी चेतावनीको अवज्ञा गरेका छन् । यसैबीच, इरानका महान्यायाधिवक्ता मोहम्मद मोभेदी आजादले विरोध प्रदर्शनमा सहभागीलाई ‘भगवानको शत्रु’ ठहरिने र मृत्युदण्डसम्मको अभियोग लाग्न सक्ने चेतावनी दिएका छन् ।

एम्नेस्टी इन्टरनेसनल र अन्य अधिकार समूहहरूले सुरक्षा बलले प्रदर्शनकारीविरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन् । नर्वेस्थित इरान मानव अधिकार समूहले मात्रै हालसम्म कम्तीमा ५१ जनाको मृत्यु पुष्टि भएको र वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने जनाएको छ । उक्त समूहले पूर्वी तेहरानको एक अस्पतालमा गोली लागेर मारिएका व्यक्तिहरूको शव भएको तस्वीर सार्वजनिक गरेको छ ।

शुक्रबार तेहरानका विभिन्न क्षेत्रमा ‘खामेनी मूर्दावाद’ जस्ता सरकारविरोधी नारा गुन्जिएका थिए । विदेशस्थित फारसी च्यानलहरूले राजधानीबाहेक मशहद, तब्रिज र कोमका ठूला विरोध प्रदर्शनका दृश्य प्रसारण गरेका छन् । पश्चिमी सहर हामेदानमा प्रदर्शनकारीले शाहकालीन सिंह र सूर्य अङ्कित झण्डा फहराएको देखिएको छ, जुन सन् १९७९ अघि शासन गरेको राजतन्त्रको प्रतीक हो । लन्डनस्थित इरानी दूतावासमाथि पनि केही समयका लागि यही झण्डा फहराइएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

इरानका निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनकारीलाई सप्ताहन्तमा थप सशक्त रूपमा सडकमा उत्रिन आह्वान गरेका छन् । उनले सहरका केन्द्रहरू कब्जा गर्ने तयारी गर्न र पुराना राष्ट्रिय प्रतीक प्रयोग गरेर सार्वजनिक स्थानमा दाबी जमाउन आग्रह गरे । तर प्रदर्शनमा देखिएको राजतन्त्रसमर्थन पहलवीको नेतृत्व स्वीकार्ने सङ्केत हो वा केवल वर्तमान शासनविरुद्धको असन्तोष हो भन्ने स्पष्ट छैन ।अधिकारीहरूले भने सुरक्षा बलका धेरै सदस्य पनि मारिएको बताएका छन् ।

राज्य टेलिभिजनले दक्षिणी सहर शिराजमा मारिएका सुरक्षाकर्मीहरूको अन्त्येष्टि दृश्य प्रसारण गरेको छ र मस्जिद तथा अन्य भवनमा आगजनी गरिएको तस्बिर देखाएको छ । इरानी सेनाले ‘व्यवस्था र शान्ति भङ्ग गर्न खोज्ने शत्रु’ विरुद्ध राष्ट्रिय हितको दृढतापूर्वक रक्षा गर्ने चेतावनी दिएको छ । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले इरानी जनताको आन्दोलनप्रति समर्थन जनाउँदै प्रदर्शनकारीमाथिको हिंसात्मक दमनको निन्दा गर्नुभएको छ ।

विश्वका अन्य नेताहरूले पनि इरानी अधिकारीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् । डिसेम्बर २८ मा इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको यो आन्दोलन अन्तर्राष्ट्रिय प्रतिबन्ध, आर्थिक सङ्कट र बेरोजगारीप्रतिको असन्तोषबाट जन्मिएको हो । अहिले यो आन्दोलनले प्रत्यक्ष रूपमा इरानको इस्लामिक शासनलाई चुनौती दिँदै ऐतिहासिक मोड लिएको विश्लेषकहरूको धारणा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय नाकामा माईकिङ गरेर १०० रूपैयाँ भन्दा बढीको समान ल्याउनमा रोक, बढी ल्याए अनिवार्य महशुल तिर्नुपर्ने

भारतीय नाकामा माईकिङ गरेर १०० रूपैयाँ भन्दा बढीको समान ल्याउनमा रोक, बढी ल्याए अनिवार्य महशुल तिर्नुपर्ने

भन्सार महसुल ऐन, २०८१ अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामानको मूल्य १०० रुपैयाँ नाघेमा त्यसमा कर तिर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न सशस्त्र प्रहरी बल र...
इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

उनले झा महावाणिज्य दूतावास र कतार दूतावासको सम्पर्कमा रहेका छन् । उनलाई इरानबाट बाहिर ल्याउन काम भइरहेको पनि परराष्ट्रमन्त्री खनालले जानकारी दिए ।
जेनजी आन्दोलनः सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन

जेनजी आन्दोलनः सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनेको सरकारका प्रवक्ता ससित पोखरेलले जानकारी दिए ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्‌को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो।