नेभिगेशन
मुख्य समाचार

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत रहेको बताएका छन् । कांगेसको विशेष महाधिवेशन पक्षधरद्धारा आह्वान गरिएको विशेष महाधिवेशनको उद्घाटन भइरहेको सन्दर्भमा उनले आइतबार भिडिओ सन्देश जारी गर्दै आफू पार्टीगत रुपमा कुनै व्यक्तिगत स्वार्थमा नअल्झिएको स्पष्ट पारेका हुन ।

उनले भने, “म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन, म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्ष केही छैन, मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन, यस्ता अवसरहरू आए तर, मैले रुचि देखाइन, त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाइ लोभ्याउँदैन” । उनले आफ्नो परिवारको जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको बताए ।

CG

नेता कोइरालाले  पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको जानकारी गराएका छन् । महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएका उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै