नेभिगेशन
समाज

काँग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष महाधिवशेनमा कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, चन्द्र भण्डारी, केदार कार्कीसहितका नेताहरु सहभागी भएका छन् । उद्घाटनसत्रमा सहभागी हुन पार्टी नेतृत्वलाई आमन्त्रण गरेपनि उनीहरु भने उपस्थीत भएनन् । विशेष महाधिवेशन अन्तर्गत बन्द सत्रमा पार्टीका आन्तरिक लगाएतका बिषयमा छलफल गर्ने र आवश्यक निर्णय हुने नेताहरुले जनाएका छन् ।

Ncell
Extreme Energy

तर प्रतिनिधिहरुले विशेष महाधिवेशनको बन्दसत्रबाटै पार्टीको नेतृत्व परिवर्तनका लागि दवाव दिने तयारी गरेका छन् । संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन आयोजना गरेपनि यसका कारण पार्टी बिभाजन नहुने बरु थप बलियो र एकजुट भएर अघि बढ्ने उनीहरुको विश्वास छ । विशेष महाधिवेशनको उद्घाटनसंगै बन्दसत्र पुस २८ गते सोमबार भृकुटीमण्डपको सभाहलमा हुने बताइएको छ ।

तोकिएको पार्टीको नियमित महाधिवेशन हुन नसकेपछि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गरिएको थियो । सोहि अनुसार महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो । कांग्रेस संस्थापन पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको भन्दै विशेष महाधिवशेनलाई अस्वीकार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।