नेभिगेशन
मुख्य समाचार

काँग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन ।

विशेष महाधिवशेनमा कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, चन्द्र भण्डारी, केदार कार्कीसहितका नेताहरु सहभागी भएका छन् । उद्घाटनसत्रमा सहभागी हुन पार्टी नेतृत्वलाई आमन्त्रण गरेपनि उनीहरु भने उपस्थीत भएनन् । विशेष महाधिवेशन अन्तर्गत बन्द सत्रमा पार्टीका आन्तरिक लगाएतका बिषयमा छलफल गर्ने र आवश्यक निर्णय हुने नेताहरुले जनाएका छन् ।

CG

तर प्रतिनिधिहरुले विशेष महाधिवेशनको बन्दसत्रबाटै पार्टीको नेतृत्व परिवर्तनका लागि दवाव दिने तयारी गरेका छन् । संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन आयोजना गरेपनि यसका कारण पार्टी बिभाजन नहुने बरु थप बलियो र एकजुट भएर अघि बढ्ने उनीहरुको विश्वास छ । विशेष महाधिवेशनको उद्घाटनसंगै बन्दसत्र पुस २८ गते सोमबार भृकुटीमण्डपको सभाहलमा हुने बताइएको छ ।

तोकिएको पार्टीको नियमित महाधिवेशन हुन नसकेपछि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गरिएको थियो । सोहि अनुसार महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो । कांग्रेस संस्थापन पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको भन्दै विशेष महाधिवशेनलाई अस्वीकार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै